सशस्त्र प्रहरीको एपीएफ लालबन्दी गोल्डकपको सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ लालबन्दी गोल्डकपको सेमिफाइनलमा

मलंगवा : सशस्त्र प्रहरीको एपीएफ क्लब लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।  विजय युथ क्लब हेडौंटालाई २–० ले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

एपीएफको जितका लागि रुपबहादुर लामा र प्रविण स्याङतानले एक–एक गोल गरे । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा जावालखेल युथ क्लब ललितपुरलाई पराजित गर्दै झापा–११ सेमीफाइनलमा प्रवेश गरिसकेको छ । 

जिल्ला फुटबल संघ सर्लाही र लालबन्दी नगरपालिकाको संयुक्त आयोजनामा जेठ २४ गतेदेखि जारी प्रतियोगतामा १० क्लब सहभागी छन्।

प्रदेश २ कै ठूलो राशीको प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछन् । सँगै एक उदयमान खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असार २ गते हुनेछ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.