भेरीमा दुई जलविद्युत् आयोजनाको डीपीआर बन्द

भेरीमा दुई जलविद्युत् आयोजनाको डीपीआर बन्द

 जाजरकोट : भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ। चाइना गेजुवा कम्पनीले सात सय २१ मेघावाट जलविद्युत् उत्पादन क्षमताको भेरी–१ र भेरी–२ हाइड्रो पोजेक्टको डीपीआर अध्ययन सुरु गरेको हो।

कम्पनीले विस्तृत आयोजना प्रतिवेदन २ वर्षमा सम्पन्न गर्ने गरी केही समय अघिदेखि कार्य सुरु गरेको छ। गेजुवाले विद्युत् विकास समितिबाट इजाजत लिएर उक्त कार्य सुरु गरेको हो। कम्पनीले डीपीआरका लागि जाजरकोट नलगाडको चौखा, तल्लोबगर, बस्नेत गाउँ तथा रुकुमको मनकाबगर, त्रिवेणीलगायत स्थानमा ड्रिलिङ, माटो तथा ढुंगाखानी परीक्षणलगायत कार्य गरिरहेको छ। एसी पावर कम्पनीले आयोजनाको पहिचान तथा प्रारम्भिक सर्भे डिजाइनका लागि सात करोड खर्च गरिसकेको छ। ०६६ सालमा उक्त हाइड्रोपावर पहिचान भएको थियो। चार सय ८० मेघावाट क्षमताको भेरी–१ को नलगाड नगरपालिका १२ चौखास्थित तल्लो छहरामा पावर हाउस बन्ने भएको छ। यसका लागि जाजरकोट, रुकुम र डोल्पाको सीमास्थित मनकाबगरमा ६० मिटर उचाइको ड्याम बन्नेछ भने पावर हाउससम्म १५ किलोमिटर सुरुङ (टनेल) निर्माण हुनेछ। त्यस्तै दुई सय ४१ मेघावाट विद्युत् उत्पादन क्षमताको भेरी–२ का लागि चौखामा ३५ देखि ४० मिटर उचाइको बाँध तथा १३ किमि सुरुङमार्ग र नलगाड ७, चामाखेतमा पावर हाउस निर्माण हुने भएको छ। गेजुवाले डीपीआर निर्माण गर्न ५० करोड रुपैयाँ लाग्ने जनाएको छ। भेरी नदीमा जलाशययुक्त आयोजनाहरू निर्माणका लागि अध्ययन सुरु भएको नेपाल विद्युत् विकास समितिका सिनियर इन्जिनियर नरेन्द्रसिंह भण्डारीले बताए।

भेरी–१ र भेरी–२ आयोजना निर्माणका क्रममा चार सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको भण्डारीको भनाइ छ। भेरी–१ का लागि १ खर्ब र भेरी–२ का लागि ५० अर्ब लाग्ने अनुमान गरिएको छ। डीपीआर सम्पन्न भएलगत्तै भेरी–१ तथा भेरी–२ आयोजना निर्माण चरणमा जाने र अबको १० वर्षमा विद्युत् उत्पादन हुने इन्जिनियर भण्डारीको दाबी छ। भेरी नदीको रिम्नाघाटमा पावर हाउस बन्ने गरी एक सय २८ मेघावाटको जलविद्युत् आयोजना पनि पहिचान भइसकेको तर उक्त आयोजना निर्माणका लागि इजाजत कसैले नलिएको विद्युत् विकास समितिले जनाएको छ।

भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन्।

भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन्। भेरी नदीमा खेर गइरहेको पानीबाट विद्युत् उत्पादन गर्न सके कर्णाली प्रदेशको विकास र समृद्धि हुनेछ। स्रोत र साधनका हिसाबले धनी रहेको यस प्रदेशमा जलविद्युत् उत्पादनका लागि सरकारी तथा निजी लगानी वृद्धि गर्नुपर्ने प्रदेश सांसद कृष्णा शाहको भनाइ छ। ‘नलसिंहगाड हाइड्रो पावर, छेडागाड जलविद्युत्, भेरी–१, भेरी–२, भेरी–३, भेरी–४ लगायत जलविद्युत् आयोजना निर्माणपछि जाजरकोट मात्र नभई समग्र कर्णालीकै मुहार बदलिने छ’, उनले भनिन्। भेरी नदीमा पाँच हजार र सानी भेरीमा दुई हजार मेघावाट जलविद्युत् उत्पादन क्षमता रहेको इन्जिनियर भण्डारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.