झापामा ब्राउनसुगर सहित एक पक्राउ
बिर्तामोड : झापाको मेचीनगर नगरपालिका– ६ बाट प्रहरीले तीन सय मिलिग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० का प्रमोद पासवान रहेका छन्। काकडभिट्टास्थित लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक ध्यानबहादुर श्रेष्ठको टोलीले पासवानलाई आइतबार साँझ भारत पानीटंकीबाट आउँदै गर्दा ब्राउनसुगर सहित पक्राउ गरेका हो।
चेकजाँचका क्रममा पासवानको पेन्टको गोजीबाट सो लागुऔषध बरामद भएको प्रहरीले बताएको छ। उनलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
१