सहकारी ठगी मुद्दा : पूर्व सिइयो बस्नेतलाई सवा दुईकरोड जरिवाना, साढे दुई बर्ष जेल सजाय

सहकारी ठगी मुद्दा : पूर्व सिइयो बस्नेतलाई सवा दुईकरोड जरिवाना, साढे दुई बर्ष जेल सजाय

बेसीशहर :  कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई साढे २ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ जरिवाना फैसला गरेको छ।

सहकारीका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) रामबहादुर बस्नेतविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले यस्तो फैसला गरेको हो । अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार बस्नेतकी पत्नी सहकारीका तत्कालीन आर्थिक विभाग प्रमुख चिजालाई भने सफाई दिइएको छ।

उक्त मुद्दामा तत्कालीन न्यायाधीश अर्जुन अधिकारीको इजलासले पूर्वकार्यकारी अधिकृत बस्नेतलाई १ करोड २१ लाख रुपैयाँ र उनकी पत्नी चिजालाई १० लाख रुपैयाँ धरौटी लिएर २०७३ भदौ १६ मा रिहा गरेको थियो । जिल्ला अदालतले दिएको धरौटी आदेशलाई घटाएर पूर्वकार्यकारी प्रमुख बस्नेतलाई उच्च अदालत पोखराले २०७३ माघ २७ मा ५० लाख धरौटी राख्न आदेश दिएको थियो । पत्नी चिजाको धरौटी रकम यथावत् राख्न आदेश दिएको थियो ।

कृषक जागरणको कार्यकारी प्रमुख पदमा रहँदा बस्नेत दम्पतीले ३ करोड ९५ लाख हिनामिना गरेको भन्दै बिगो असुल उपरसहित कारबाहीको माग गर्दै सहकारी संस्थाको सञ्चालक समितिले प्रहरीमा २०७३ वैशाख २४ मा निवेदन दिएएको थियो । अदालतमा असार ५ मा मुद्दा दर्ता भएको थियो । सहकारी ठगी मुद्दामा वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल, मुद्दा जाहेरवालाका तर्फबाट अधिवक्ता लिलामणि पौड्याल, राजेश्वर अधिकारी र कृष्णप्रसाद अधिकारी साथै प्रतिबादी बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ताद्वय ज्योति बानियाँ र प्रवल शर्माले बहस गरेका थिए।

सहकारीका अध्यक्ष प्रेमबहादुर घलेले सञ्चालक समिति र लेखा समितिले स्वतन्त्र अडिटर सीए अभय पौडेलबाट गराएको लेखापरीक्षण प्रतिवेदनमा करिब ४ करोड रुपैयाँ हिनामिना भएको पाइएपछि उजुरी दिएको बताए । बस्नेतले संस्थालाई दिएको लिखित जवाफमा सहकारी विभागलाई ४५ लाख, सहकारी डिभिजनलाई २ लाख, नेफ्स्कुनलाई ५ लाख रकम घुस खुवाएको बताएका थिए । सहकारीको पाँच जिल्लामा शाखा विस्तार गर्न विभाग, डिभिजन र नेफ्स्कुनलाई पैसा खुवाएको बताएपनि यस विषयमा छानविन हुन सकेको छैन् ।

दोषी ठह¥याइएका बस्नेतले आफूमाथि अन्याय भएको भन्दै मुद्दाको पुनरावेदन गर्ने प्रतिक्रिया दिएका छन् । फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनको लागि माथिल्लो तहको अदालत जाने उनले बताए । २५ हजार भन्दा बढी शेयर सदस्य रहेको कृषक जागरण साकोस जिल्लामै सबैभन्दा बढी आर्थिक बारोबार गर्ने वित्तीय संस्थामा पर्छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.