बिहारमा मदिरा प्रतिबन्ध, नेपालबाट धमाधम ओसारिँदै

बिहारमा मदिरा प्रतिबन्ध, नेपालबाट धमाधम ओसारिँदै

राजविराजः भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि नेपालबाट प्रशस्त मात्रामा मदिरा निकासी हुन थालेको छ । प्रहरीले आइतबार एक हजार चार सय ४० बोतल मदिरासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । 

नेपालबाट भारतको कुनौली बजारतर्फ मदिरासहितको बोरा ओसारिरहेका बिनोदकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए । 

प्रनि क्षेत्रीका अनुसार उनको साथबाट मामाश्री नामको ६ सय २५ बोतल, दिलवाले नामको ६ सय बोतल र कस्तुरी नामको २१५ बोतल मदिरा बरामद भएको छ । मदिरा ओसारिरहेका अन्य व्यक्तिहरु भने भारततर्फ नै भागेको उनले जनाए । 

बिहार राज्य सरकारले रक्सीको विक्री वितरण तथा उत्पादनमा रोक लगाएपछि सिमावर्ती नेपालका विभिन्न बजारबाट मदिराको अवैध निकासी फस्टाएको छ । भारतीय मदिराप्रेमीहरुका लागि सिमावर्ती बजार र भन्सार कार्यालय आसपास प्रशस्त मात्रामा अवैध मदिराका पसलहरु खुलेका छन् ।

सप्तरी प्रहरीले तीन महिना अघि डाकनेश्वरी नगरपालिका–४ स्थित नेपाल भारतको दशगजा सिमानाबाट भारततर्फ बोलेरो पिकअपबाट लैजाँदै गरेको एक सय २८ कार्टुन विभिन्न ब्राण्डको मदिरा बरामद गरेको थियो । त्यसअघि हनुमानननगर कंकालिनी–१४ स्थित डलवाबाट समेत प्रहरीले दुई लाख ५० हजार मूल्य बराबरको २० बोरा मदिरा बरामद गरेको थियो । 

दिनहुँजसो सिमावर्ती नेपालका बजारमा आएर मदिराको प्यास मेटेर फर्किने गरेका भारतीय मदिराप्रेमीहरुको भारतीय सीमा सुरक्षा बलका प्रहरीले मुख सुँघ्न थालेपछि निम्न वर्गका मानिसहरु आउन कम भएको छ । हुनेखाने भारतीयहरु भने आफन्त र होटलमा रातभर रक्सी पिएर भोलिपल्ट घर फर्किने गर्छन् । 

बिहार राज्यमा २०१६ मार्च ३० तारिखमा शरावबन्दीको कानुन पारित भएर अप्रिल १ तारिखदेखि कडाइका साथ कानुन लागू भएता पनि नेपालमा सेवन गर्न आउने र रातको समयमा अवैध ढंगले निकासी हुने गरेको स्थानीय पंकज झाले बताए । 

‘शरावबन्दी’ कानुनमा मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म र १० वर्षसम्म कैद सजायको व्यवस्था छ । मदिरा ओसार्नेहरुले सीमा क्षेत्रनजिक स्टक गरेर राति प्रहरी नभएको मौकामा भारततर्फ निकासी गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.