सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
सिङ्गापुर : सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन् । उनीकाहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुगेका थिए । मंगलबार बिहान उनीहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ ।
विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुगेको समाचारमा जनाइएको छ । सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचको सोमबार भएको यस वार्तामा पनि मंगलबार सुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ ।