विश्वकप उद्घाटन समारोहमा रोनाल्डोले गीत गाउने

विश्वकप उद्घाटन समारोहमा रोनाल्डोले गीत गाउने

मस्को : आगामी बिहीबारदेखि रुसमा सुरु हुने २१औं संस्करणको फिफा विश्वकपको उद्घाटन समारोहमा चर्चित ब्राजिलियन फुटबलर रोनाल्डोको पनि प्रस्तुति रहने भएको छ। आयोजक रुस र एसियन टोली साउदी अरेबियाबीचको खेल अघि हुने उद्घाटन समारोहमा रोनाल्डोसहित बेलायती पपगायक रोबिई विलियम्स र रुसी गायिका आइदा गारिफुल्लिनाले विशेष प्रस्तुति दिनेछन्।

खेलअघि विलिम्सको सांगीतिक प्रस्तुति रहनेछ। उनलाई मञ्चमा गायिका गारिफुल्लिनाले साथ दिने छिन्। उनीहरूको प्रस्तुतिपछि ब्राजिललाई दुई पटक विश्वकप फुटबलको उपाधि दिलाएका रोनाल्डो मञ्चमा देखा पर्नेछन्। रुस विश्वकपको उद्घाटन समारोह चार वर्षअघि ब्राजिलमा भएको भन्दा केही फरक हुने जनाइएको छ। यस पटक उद्घाटन समारोहमा सांगीतिक प्रस्तुतिलाई मात्रै जोड दिइएको छ भने निक्कै छोटो समयमा सम्पन्न गरिने बताइएको छ।

उद्घाटन खेल सुरु हुनु आधा घन्टाअघि मात्रै उद्घाटन समारोह सुरु हुने आयोजक रुस र फिफाले जनाएका छन्। रुस विश्वकपको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा उत्साहित भएको रोनाल्डोले बताएका छन्। ‘खेलाडी वा फुटबल समर्थकले चार वर्ष प्रतीक्षा गरेको क्षण आइपुगेको छ। आगामी चार सातामा के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन’, रोनाल्डोले भनेका छन्, ‘निक्कै ठूलो मेहनतपछि यो आयोजना सम्भव भएको छ। आयोजना सफल हुँदाको क्षणको खुसी चार वर्षअघि एक ब्राजिलियन हुनुको नाताले मैले महसुस गरेको छु। त्यसअघि प्रतियोगिताको उद्घाटन अझ अविस्मरणीय हुनेछ।’

उद्घाटन समारोहमा राखिने प्रस्तुतिको तयारीमा रहेका गायक विलियम्स र गारिफुल्नाले पनि खुसी व्यक्त गरेका छन्। उद्घाटन समारोह भव्य र संगीतमय हुने दाबीसहित यी दुवैले उद्घाटन समारोह हेर्न स्टेडियम पुग्न नसकेकाहरूलाई पनि टेलिभिजनमार्फत मनोरञ्जन लिन आग्रह गरेका छन्। उद्घाटन समारोहको पूर्ण योजना फेलिक्स मिखाइलोभले गर्नेछन् भने त्यसमा रुसी च्यानल वान टेलिभिजन पनि सहभागी हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.