भक्तपुरको मनोहरा खोला किनारमा शव फेला
भक्तपुर : भक्तपुरको मनोहरा खोला किनारमा शव फेला परेको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ स्थित बीपी आँखा अस्पताल नजिक मनोहरा खोला बगरमा पुरुषको शव फेला परेको हो।
फेला परेको शव सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ सानोठिमी बस्ने ४५ वर्षीय लेल्का उराउको रहेको भक्तपुर जिल्ला प्रहरी परिसरले जनाएको छ।
परिसरका सूचना अधिकारी तथा डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार उनका १८ वर्षीय छोरा समीर उराउले शवको पहिचान गरेका थिए।
प्रहरी परिसर भक्तपुरका अनुसार शव सनाखत भएपछि चाँगुनारायण नगरपालिका-२, दुवाकोट स्थित काठमाडौं मेडिकल अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।
प्रतिक्रिया दिनुहोस !