फलामखानी र मल कारखाना स्वदेशमै स्थापना हुँदैछ : प्रधानमन्त्री

फलामखानी र मल कारखाना स्वदेशमै स्थापना हुँदैछ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताएका छन्।

शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने बताए।

उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि आवश्यक कानुनीलगायतका अन्य पूर्वाधारका कामलाई प्राथमिकतामा राखेको बताए। उनले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेको बताए। स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने उनको भनाइ छ। 

ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताए। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताए। उनले अदालतबाट हुने कुनै फैसलाले चिन्तित हुनु नपर्ने भन्दै र त्रुटिपूर्ण कानुनीहरूको उपचार खोजिने बताए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले जलस्रोत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे। मुलुकमा अधिकतम विद्युत उत्पादन गरी स्वदेशमा खपत गर्ने र बाँकी विद्युत बिक्री गर्दै मुलुकलाई समृद्ध बनाउने उनले बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.