चउरमा नगरपालिका

चउरमा नगरपालिका

सिरहा : भौतिक पूर्वाधार अभावका कारण सिरहाको कर्जन्हा नगरपालिका कार्यालय भाडाको घरमा सञ्चालनमा थियो। नगरपालिकाविरुद्ध स्थानीय बागबहादुर दनुवार र ओमप्रकाश महतो अदालत पुगे। उच्च अदालत राजविराजले राजपत्रमा उल्लेखित केन्द्रबाहेक अन्यत्र कहीं कतै कामकाज नगर्न÷नगराउन आदेश दिएपछि अहिले नगरपालिकाको कामकाज खुला चउरबाट भइरहेको

कर्जन्हा गाउँपालिका हुँदा बगहा गाउँस्थित गाविस भवनमा केन्द्र थियो। ०७४ साल जेठ ११ गते नगरपालिका घोषणा भयो। स्थानीय तह निर्वाचन पनि त्यही कार्यालयबाट सम्पन्न भएको थियो। त्यहाँ कार्यालय सञ्चालनका लागि भवन अभाव हुँदा गाउँ कार्यपालिकाको पहिलो बैठकले भाडाको भवनमा नगरपालिका सार्ने निर्णय गरेको थियो।

कर्जन्हाका मेयर गंगा पासवानका अनुसार बगहास्थित तीनकोठे भवनमा नगरपालिकाका ११ शाखा र ३६ उपशाखा सञ्चालन गर्न सकिँदैन। यही भवनमा वडा ११ को कार्यालय पनि छ। अदालतको आदेशले भाडाको भवनमा कार्यालय नरहने भयो। काम गर्ने ठाउँ नभएर खुला चउरमै बसेर कामकाज कर्मचारी गर्न बाध्य रहेको उनको भनाइ छ।

‘आर्थिक वर्ष सकिन लाग्दा अरू स्थानीय तहमा धमाधम कामभइरहेको छ’, उनले भने, ‘हामीले पनि काम अघि बढाएका थियौं, बीचमै केन्द्र विवादले प्रभावित भयो, अधिकतम बजेट फ्रिज हुने सम्भावना बढ्दै छ।’ उनका अनुसार नगरपालिका केन्द्र सारिएको थिएन, आफ्नो भवन नबनेसम्म भाडाको भवनमा चालू आवसम्म कार्यालय सञ्चालन गर्ने निर्णय भएको थियो।’

दलित वर्गको नेतृत्व अपच भएकाले आफूलाई असफल पार्न खोजिएको उनको जिकिर छ। ‘नगरपालिकाको कामकाज व्यवस्थित गर्न कर्जन्हास्थित भाडाको भवनलाई अस्थायी मुकाम कायम गरी कार्यालय सञ्चालन गर्ने सोचमा थियौं’, उनले भने, ‘अदालतमा फेरि अवहेलना मुद्दा प¥यो, हामी बगहाकै तीनकोठे भवनमा कार्यालय सञ्चालन गर्न बाध्य भयौं। केन्द्र सार्दा काम गर्न कठिनाइ भएको छ, प्रभावकारी सेवा प्रवाह गर्न सकिएको छैन।’ उनका अनुसार यहाँ भवन अभावले चउरमै कुर्सी राखेर काम गर्नुपरिरहेको छ। बिजुली नहुँदा कम्प्युटर पनि चलाउन नसकेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.