अर्जुनधारमा करेन्ट लागेर घाइते
बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिका-९ डाँडा गाउँमा करेन्ट लागेर एकजना घाइते भएका छन्। स्थानीय ५५ वर्षीय चक्रबहादुर मगरलाई सोमबार राति घरमा सोलारको ब्याट्री मिलाउने क्रममा करेन्ट लागेको हो।घाइते मगरको कन्काई अस्पताल विर्तामोड उपचार भइरहेको छ।
उता उदयपुरको कटारी नगरपालिका-९ बतासेमा चट्याङले लागेर सोही ठाउँ बस्ने भोजकुमार कार्कीको १३ वर्षीया छोरी अस्मिता कार्की घाइते भएको प्रहरीले बताएको छ।
सोमबार दिउँसो पानीसँगै चट्याङ खस्दा घरमै सुतिरहेकी अस्मिता गम्भीर घाइते भएकी हुन्।घाइते बालिकाको कटारी अस्पतालमा उपचार भइरहेको छ।