एक हजार वर्गफिटको नक्सा वडाबाटै

एक हजार वर्गफिटको नक्सा वडाबाटै

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले १ हजार वर्गफिट क्षेत्रफल भएका भवन निर्माणको इजाजत तथा सम्पन्नको प्रमाणपत्र वडा कार्यालयबाट दिने व्यवस्था मिलाएको छ। यसअघि जुनसुकै भवनको इजाजत तथा सम्पन्नको प्रमाणपत्र लिन सेवाग्रही वडा कार्यालय र महानगर कार्यालयमा पटक÷पटक धाउनुपर्ने वाध्यता थियो। नक्सा पास तथा सम्पन्नको प्रमाणपत्र दिने अधिकार महानगरका प्रमुख प्रशासकीय अधिकृतमा निहीत रहेकामा उक्त अधिकारलाई वडामा खटिएका इन्जिनियरलाई प्रत्यायोजन गर्दै भवनको नक्सापास र सम्पन्न प्रमाणपत्र वडाबाट दिने व्यवस्था गरिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७, दफा ३३, ३४ र ३५ बमोजिम प्रमुख प्रशासकीय अधिकृतमा निहीत अधिकारलाई वडामा खटिएका इन्जिनियरलाई प्रत्यायोजन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले आफूमा निहीत अधिकारलाई गत जेठ २० देखि वडामा प्रत्यायोजन गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत पौडेलले महानगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार १ हजार वर्गफिटसम्मका भवनलाई अस्थायी वा स्थायी इजाजत दिने अधिकार वडामा खटिएका इन्जिनियरलाई दिएको बताए।

इजाजत दिइएका भवनको आवश्यक प्रक्रिया पुर्‍याएर सम्पन्नको प्रमाणपत्र दिने अधिकार पनि वडामा खटिएका इन्जिनियरलाई दिइएको छ। वडा इन्जिनियरले स्वीकृत गरेको नक्सा तथा निर्माण सम्पन्न प्रमाणपत्र दिइएका भवनको अनुगमन महानगरले गर्ने पौडेलले बताए। अनुमगन गर्दा निर्धारित मापदण्ड बमोजिम नभएको पाइएमा र अधिकारको दुरुपयोग गरेमा हदैसम्मको कारबाही गरिने अधिकृत पौडेलले बताए। ‘राजश्व तिर्न वडा कार्यालय नजिकैको बैंकमा राजश्व खाता महानगरले खोल्नेछ’, पौडेलले भने, ‘सेवाग्राहीले बैंकमा रकम जम्मा गर्ने र भौचर वडा कार्यालयमा बुझाउने व्यवस्था गरेका छौं।’ सेवाग्राहीको सुविधाका लागि यो व्यवस्था गरिएको उनले बताए।

महानगरपालिकाले ३३ वटै वडामा इन्जिनियर र सब इन्जिनियर खटाइसकेको छ। १ जना इन्जिनियरले २ वटा वडा हर्ने गरी अधिकार दिइएको छ भने सबै वडामा १÷१ जना सबइन्जिनियर खटाइको छ। ‘जुनसुकै कामका लागि पनि महानगर कार्यालय आउनुपथ्र्यो’, योजना महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले भने, ‘नक्सा पासको मात्र नभइ जनताका हरेक कामलाई छिटो, छरितो र सहज बनाउन सिंहदरबारको अधिकारलाई वडासम्म पुर्‍याउन महानगर प्रयासरत छ।’

महानगरका इन्जिनियर महेन्द्रबहादुर गोदारले महानगरको यो निर्णय जनताको लागि महत्वपूर्ण भएको बताए। यो निर्णयबाट जनताले ठूलो राहत पाउने उनको भनाइ छ। ‘वडाबाटै घरनक्साको काम भएपछि जनताले राहत पाउनेछन्। यसको महानगरले अनुगमन भने गर्नुपर्छ’, उनले भने। महानगरका मेयर मानबहादुर जिसीले आफु निर्वाचित हुनेबित्तिकै जनताको काम छिटो, छरितो र गुनासो नआउने गरी गर्न महानगरका कर्मचारीलाई निर्देशन दिएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.