क्यान्सर बिरामीलाई छ लाख सहयोग

क्यान्सर बिरामीलाई छ लाख सहयोग

भक्तपुर : काठमाडौंस्थित उषा ढकाल फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्न आउने १६ क्यान्सर बिरामीलाई छ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। उसले अस्पतालमा केमोथेरापी गर्न आउने आठ, रेडियोथेरापी गर्न आउने तीन, अप्रेसन गर्ने दुई र थप तीनजनालाई शय्या शुल्कवापत उक्त रकम सहयोग गरेको हो।

संस्थाका अध्यक्ष सुरेश ढकालले भक्तपुरका प्रदेश सांसद शशिजंग थापाको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्न आएका गरिब तथा विपन्न क्यान्सर बिरामीलाई उक्त सहयोग गरेका छन्।

त्यस्तै फाउन्डेसनको तर्फबाट भक्तपुर क्यान्सर अस्पताललाई भवन निर्माणको लागि एक लाख एकसय एघार रुपैयाँ सहयोग गरिएको छ। उक्त सहयोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। फाउन्डेसनले अस्पतालको लागि पाँचवटा ह्विचियरसमेत सहयोग गरेको छ।

दुई वर्षअघि सुरेशकी आमा उषाको क्यान्सर उपचारकै क्रममा भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको थियो। क्यान्सर निको भएर पनि थप बल्झिएपछि पुनः उपचारका लागि अस्पताल ल्याइएको छोरा सुरेश बताउँछन्।

'आमा हुनुभएको भए पनि क्यान्सरको उपचारका लागि खर्च गर्नैपथ्र्यो', उनले भने, 'आमा बित्नु भएको छैन, उहाँ हामीमाझ अझै हुनुहुन्छ भन्ने अनुभूति गर्न आमाको स्मरणमा क्यान्सर बिरामीलाई उपचारमा आर्थिक सहयोग सुरु गरेका हौं।'

उनका अनुसार आमा उषा आफूले दुःख सहेर भए पनि अरुको दुःखमा सहयोग गर्ने स्वभावका हुनुहुन्थ्यो। उहाँको त्यहीं सहयोगी भावनाबाट अभिप्रेरित भएर उषा ढकाल फाउन्डेसन स्थापना गरिएको कान्छा छोरा ढकालले बताए। 

हेटौडा उपमहानगरपालिका-९ पशुपतिनगर मकवानपुर स्थायी घर भएका उषा एवं श्यामबहादुरको परिवार हाल काठमाडौं बस्दै आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.