कास्की ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

कास्की ११ लाई हराउँदै थ्रीस्टार  सेमिफाइनलमा

मलंगवा :  थ्रीस्टार क्लब लालबन्दी गोल्डकप प्रतियोगिताको सेमिफाइनल पुगेको छ। कास्की ११ लाई टाइब्रेकरमा ४-१ ले हराउँदै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुबै टिमले २-२ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो। 

टाइब्रेकरमा कास्की ११ बाट विमल बस्नेतले प्रहार गरेको बल थ्रि स्टारका गोलरक्षक पूर्ण चेमजोङ्गले रोकेका थिए। त्यसपछी कास्कीका लागि तेश्रो बल प्रहार गर्नका लागि आएका बिशु अधिकारीको बल गोल पोस्टबाट बाहिर हानेपछि थ्रि स्टार खेल ४-१ ले जितेको हो।  

खेल सुरु भएको ९ औं मिनेटमा कास्की ११ का शान्त गुरुङ्गले हेड गर्दै पहिलो गोल गरेका थिए। १६ औं मिनेटमा उत्तम गुरुङ्गले अर्को गोल गरे । खेलको  सुरुमा कास्कीले अग्रता लिएपनि दोस्रो हाफमा थ्रीस्टार हाबी भएको थियो। पहिलो हाफमा २-० ले अघि भएको कास्की ११ ले दोस्रो हाफमा अग्रतालाई रोक्न सकेन। 

दोस्रो हाफ सुरु भएको दोस्रो र चौथो मिनेटमा गोल गर्दै थ्रीस्टारले खेल बराबरीमा पुर्यायो। पहिलो गोल अजय मार्टिनले गरे भने दोस्रो गोल बुद्ध चेमजोङले गरे।  मंगलबारको खेलमा थ्रीस्टारका मिकछेन तामाङ म्यान अफ द म्याच बने।

सेमिफाइनलमा प्रवेश गरेको थ्रीस्टारले बिहीबार एपीएफसँग खेल्ने छ। फाइनलका लागि अर्को खेल बुधबार झापा रमपम र नेपाल पुलिस क्बलबीच हुँदैछ।  फाइनल खेल शनिबार हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.