फोरजी प्रयोगकर्ता घटे

फोरजी प्रयोगकर्ता घटे

काठमाडौं  : चोथौ पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी प्रयोग गर्ने ग्राहकको संख्यामा कमी आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत चैतको प्रतिवेदनका आधारमा एक महिनाको अवधिमा फोरजी ग्राहक आठ हजारभन्दा बढी संख्याले घटेका छन्।

प्राधिकरणका अनुसार गत चैतसम्म नेपालमा फोरजी प्रयोगकर्ता १४ लाख ११ हजार थिए। गत फागुनसम्म १४ लाख १९ हजार फोरजी ग्राहक थिए भने यो एक महिनाको अवधिमा आठ हजार फोरजी ग्राहक घटेका छन्। त्यसमा सबैभन्दा बढी एनसेलका ग्राहक घटेको पाइएको छ। एनसेलको फागुन महिनामा फोरजी प्रयोगकर्ता आठ लाख ५७ हजारभन्दा बढी रहेकोमा चैतमा ग्राहक संख्या घटेर आठ लाख २२ हजार पाँच सय हाराहारीमा झरेको छ। यो एक महिनाको अवधिमा एनसेलका झन्डै ३५ हजार फोरजी ग्राहक घटेका छन्। एनसेलका ग्राहक संख्या घटेर फोरजी प्रयोगकर्ता पनि घटेका हुन्। नेपालका हरेक स्थानमा फोरजी नपुग्नु र ग्राहक एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भइरहनाले पनि फोरजी चलाउने संख्यामा कमी आएको हो।

एनसेल प्रतिनिधिका अनुसार फोरजी चल्ने स्थानमा रहेका ग्राहक त्यस ठाउँबाट अन्यत्रै जाँदा फोरजी चलाउन बन्द हुने भएकाले पनि फारजी ग्राहकको संख्यामा असर परेको हुनसक्ने उल्लेख छ। अर्कोतर्फ नेपाल टेलिकम र स्मार्ट टेलिकमको फोरजी संख्यामा वृद्धि भएको छ। फागुन महिनामा नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता पाँच लाख ४७ हजार थिए भने स्मार्ट टेलिकमका प्रयोगकर्ता १४ हजार पाँच सय। चैत महिनामा टेलिकम र स्मार्टका फोरजी ग्राहक क्रमशः पाँच लाख ५९ हजार र २९ हजार पाँच सयभन्दा बढी थिए।

नेपालका हरेक स्थानमा फोरजी नपुग्नु र ग्राहक एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भइरहनाले पनि फोरजी चलाउने संख्यामा कमी आएको हो।

चैत महिनामा ग्राहक संख्यामा कमी आए पनि एनसेल सबैभन्दा बढी फोरजी प्रयोगकर्ता रहेको सेवा प्रदायक हो। नेपाल टेलिकम दोस्रो स्थानमा छ भने स्मार्ट टेलिकम तेस्रोमा। नेपाल टेलिकमभन्दा पछि फोरजी सेवा सुरु गरेको एनसेलले टेलिकमलाई पछि पारिसकेको छ। नेपालमा पहलिो पटक फोरजी सेवा सुरु गरेको टेलिकमले सेवा विस्तारका आधारमा एनसेलभन्दा पछि परेको हो। एनसेलले २० सहरमा फोरजी सेवा विस्तार गरिसक्दा टेलिकम काठमाडौं उपत्यका र पोखरामामात्र सीमित छ।

फोरजी ग्राहकको संख्यामा कमी आए पनि थ्रीजी प्रयोगकर्ता भने उल्लेख्य वृद्धि भएका छन्। प्राधिकरणका अनुसार फागुनसम्म ८८ लाख २७ हजार थ्रीजी ग्राहक रहेकोमा चैत आइपुग्दा ग्राहक संख्या बढेर ९१ लाख ७० हजार पुगेको छ। त्यसमा एनसेलका थ्रीजी प्रयोगकर्ता करिब ४१ लाख ४१ हजार छन् भने टेलिकमका ४० लाख २८ हजार। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा मोबाइल तथा टेलिफोनको पहुँच १३०.५२ प्रतिशत छ। त्यसमा मोबाइलको पहुँचमात्रै १२७.५७ छ। प्राधिकरणका अनुसार यस अवधिमा नेपालमा इन्टरनेटको पहुँच कुल जनसंख्याको ४७.३१ प्रतिशत छ। त्यसमा मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने ३६.८१ प्रतिशत छन्। यस अवधिमा तीन करोड ८२ लाखभन्दा बढी टेलिफोन र करिब एक करोड ३८ लाख इन्टरनेट प्रयोगकर्ता छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.