तस्करलाई तीनकरोड जरिवाना, एक वर्ष कैद

तस्करलाई तीनकरोड जरिवाना, एक वर्ष कैद

गोरखा : प्रतिबन्धित जडिबुटी पाँचऔंले तस्करीमा संलग्न धार्चे ५ गुम्दाका कमल गुरुङलाई जिल्ला अदालत गोरखाले तीन करोड ९० लाख ७६ हजार रुपियाँ जरिबानासहित एकवर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायधीश वसन्तराज पौडेलको इजलासले वन ऐन २०४९ को दफा ४९ (घ) अनुसार फैसला गरिएको जिल्ला अदालत गोरखाका सुजन श्रेष्ठले जानकारी दिए । गुरुङ यसअघि पुर्पक्षका लागि थुनामै थिए ।

उत्तरी गोरखाका विभिन्न भेगबाट पाँचऔंले संकलन गरी काठमाडौं लैजान लागेको अवस्थामा प्रहरीले उनलाई आरुघाट बजारबाट पक्राउ गरेको थियो । त्यहाँको इलाका प्रहरी कार्यालयको टोलीले ७४.५ किलोग्राम पाँचऔंलेसहित असोज ३१ गते उनलाई पक्राउ गरेको थियो । आठवटा बोरामा राखेर पाँचऔंले ओसारपसारमा प्रयोग भएको सो बसका धनी र चालकलाई भने अदालतले सफाइ दिएको अदालतले जनाएको छ ।

पाँचऔंले दुर्लभ तथा प्रतिवन्धित जडिबुटीमा पर्छ । यसको संकलन, ओसारपसार र बिक्रीवितरण गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार तथा ओसारपसार सम्बन्धी महासन्धी (साइटिस) १९७३ प्रभावित हुने जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिए । ‘एकलाख ९७ हजार थान पाँचऔंलेसहित ४९ बर्षिय गुरुङ पक्राउ परेका थिए’, पौडेलले भने, ‘प्रतिगोटा एकहजार रुपियाँका दरले जरिबाना मागदावीसहित कार्यालयले मुद्धा दर्ता गरेको थियो । सोहीअनुसार फैसला भयो ।’ बरामद भएको पाँचऔंले सुरक्षित राखिएको जिल्ला वन अधिकृत पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.