नेटवर्किङको जालो : रोग निको पार्ने भन्दै ठग्दै

नेटवर्किङको जालो : रोग निको पार्ने भन्दै ठग्दै

बिर्तामोड : झापा मेचीनगर नगरपालिकाका पायल्सका बिरामी सुरज सुवेदीले ४५ दिनमै निको हुने आश्वासन पाई ओरियन्स नामक कम्पनीले उत्पादन गरेको औषधि सेवन गरे।

ओरियन्स नेटवर्किङमा संलग्न एक व्याक्तिको सल्लाहमा उनले औषधि सेवन त गरे तर रोग २० को १९ भएन। उनी अहिले अस्पतालले दिएकै नेपाली औषधि खाएर आराम गरिरहेका छन्। सुवेदीजस्तै अर्जुनधारा– ६ की दीपशिखा लिम्बूले पनि ओरियन्स नेटवर्किङको प्रचारमा निस्किएकासँग यस्तै औषधि खरिद गरिन्। केही समय सेवन पनि गरिन्। तर, उनको पनि रोग निको नभई झनै जटिल बन्न पुग्यो। त्यसपछि अस्पतालमा भर्ना भइन् र उपचार सुरु गरिन्। अहिले बिसेक भएको छ। भनिन्, ‘अर्कोको भनाइमा लाग्दा झन् दुःख पाइयो।’

पूर्वका जिल्लामा जटिल प्रकृतिका रोग निको पार्ने भन्दै ओरियन्स नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको छ। जसको कारण सर्वसाधारण दिनदिनै ठगिइरहेका छन्। ओरियन्स कम्पनी भारतको चेन्नईमा दर्ता रहेको सो नेटवर्किङमा लागेका नेपाली नै बताउँछन्। सुनसरीबाट यसको अभियानमा लागेका सुमन थापा भारतमा सो कम्पनी दर्ता रहेको र यसको उत्पादनले तीन महिनादेखि ६ महिनासम्ममा पायल्स रोग निको पर्ने दाबीसमेत गरे।

नेपालमा यसको उत्पादन आधिकारिक बिक्री गर्न कहीँ कतै दर्ता वा अनुमति लिएको छैन। नेपालमा दर्ता नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट ‘फ्रुट सप्लिमेन्ट’ बिक्री गर्दै आएको छ। रोग निको पार्ने भनेर बिक्री गरिएका उत्पादनलाई व्यवसायमा लागेकाहरू औषधि भन्न तयार छैनन्। तर, रोग निको पार्ने भन्दै बिक्री भने भइरहेको छ।

भारतको चेन्नईमा कार्यालय रहेको भनिएको ओरियन्सले आफ्नो उत्पादन नेपालका कुनाकाप्चासम्म बिक्री गर्दै आएको छ। आफूले सदस्य विस्तार गरेबापत बोनस प्राप्त गर्ने सकिने भन्दै ओरियन्सले लाखौंको कारोबार गर्दै आएको छ। यस्तो कार्य पूर्वका जिल्लाहरूमा छोटो समयमै फस्टाएको छ। झापाका विभिन्न ठाँउमा यसको प्रचार गरिरहेको अझै पाइन्छ। तर, नियमनकारी निकायका अधिकारी यो विषयमा अनभिज्ञता प्रकट गर्छन्।


पूर्वमा यसको नेटवर्क विस्तार र उत्पादन बिक्रीका लागि दुई हजार युवायुवती खटिएका बताइएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यसबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए। उनले जिल्लामा त्यस प्रकारको संस्था रहे÷नरहेका विषयमा अनभिज्ञाता प्रकट गरे। झापाका प्रहरी प्रमुख विष्णु केसीसँग बुझ्दा आफूमाझ पनि कुनै उजुरी नआएको बताए।

आफूले सदस्य बनाएको व्यक्तिले सदस्य विस्तार गरे कम्पनीबाट बोनस पाउने ती कम्पिनीका उत्पादन लिएर हिँडेका प्रचारक बताउँछन्। दिनानुदिन यसको अभियानमा लाग्नेको संख्या बढेकाले यसबाट प्रभावित हुनेको संख्या पनि बढ्दै गएको छ। यसले गर्दा धेरै मानिस रोग निको हुने आसमा हजारौं खर्च गर्न लागिपरेका छन्। यसको उत्पादन न्यूनतम १ देखि ३० हजारसम्मका बजारमा उपलब्ध छन्।

पायल्सको औषधि साथै खाना पचाउने, वजन घटाउने–बढाउने, यौन शक्तिबद्र्धक तथा अन्य धेरैखाले दीर्घरोग ठीक पार्ने औषधि भन्दै नेपाल भिœयाउनेहरूले गाउँ–गाउँमा प्रभाव विस्तार गरेका छन्। पूर्वमा यसको नेटवर्क विस्तार र उत्पादन बिक्रीका लागि दुई हजार युवायुवती खटिएका एक प्रचारकले बताए। तर, सम्पर्क कार्यालयसमेत नेपालमा छैन। ओरियन्सको गतिविधि र प्रक्रिया हेर्दा विगतको युनिटी नेटवकिङ जस्तै देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.