पोल्यान्डका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'रोबर्ट लेवान्डोवस्की'

पोल्यान्डका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'रोबर्ट लेवान्डोवस्की'

जर्मन क्लब बायर्न म्युनिखका मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोवस्की पोल्यान्डको राष्ट्रिय टोलीका पनि मुख्य खेलाडी हुन् । टोलीका कप्तानसमेत रहेका लेवान्डोवस्की पोल्यान्डले पाएको पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडी पनि हुन् । उनकै उत्कृष्ट प्रदर्शनमा पोल्यान्ड १२ वर्षपछि पुनः विश्वकप फुटबलमा फर्किएको हो । पोल्यान्डलाई समूह ‘एच’को विजेता बनाउँदै रुस विश्वकपमा छनोट गराउने क्रममा २९ वर्षीय लेवान्डोवस्की एक्लैले १० खेलमा १६ गोल गरेका थिए ।

राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत रहेका लेवान्डोवस्की रुस विश्वकपमा पनि पोल्यान्डको महŒवपूर्ण खेलाडी रहनेछन् । पोल्यान्डले पछिल्लो ३२ वर्षसम्म पार गर्न नसकेको समूहगत चरणको यात्रा यसपटक पार गर्ने÷नगर्ने उनै लेवान्डोवस्कीको खेलमा निर्भर रहनेछ । सन् १९८६ मा प्रिक्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएयता पोल्यान्डले विश्वकपमा समूहगत चरण पार गर्न सकेको छैन ।

यसैगरी पोल्यान्डले सन् १९७४ र १९८२ मा हात पारेको तेस्रो स्थानको सफलतालाई पनि दोहो¥याउन सकेको छैन । लेवान्डोवस्कीको नेतृत्वमा पोल्यान्ड आफ्ना पछिल्ला अन्तर्राष्ट्रिय खेलमा आक्रामक प्रदर्शन गर्दै निकै बलियो देखिएको छ । त्यसैले यसपटक पोल्यान्डले नयाँ सफलता हात पार्नसक्ने विश्वास गरिएको छ । टोलीको कुनै पनि सफलतामा उनै लेवान्डोवस्कीको निर्णायक भूमिका रहने पक्का छ । सन् २००८ मा पोल्यान्डको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लेवान्डोवस्कीले त्यसयता ९४ खेलबाट ५३ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.