प्रविधि पछ्याउँदै प्रहरी : गस्ति गर्ने प्रहरीको टाउकोमा ‘गोप्य क्यामरा'

प्रविधि पछ्याउँदै प्रहरी : गस्ति गर्ने प्रहरीको टाउकोमा ‘गोप्य क्यामरा'

विर्तामोड  :  इलाका प्रहरी कार्यालय बिर्तामोडले अभियुक्तको सहज रुपमा प्रमाण जुटाउने उद्देश्यले गोप्य क्यामराको प्रयोग गर्न सुरु गरेको छ । घटनामा संलग्न भएको प्रत्यक्ष देखेर पक्राउ गरी ल्याउँदासमेत अभियुक्तले आफु संलग्ननै नभएको भन्ने र प्रहरीलाई पनि प्रमाण जुटाउन धेरै समय लाग्ने भएकाले यस्तो क्यामराको प्रयोग गर्न सुरु गरेको इप्रका विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । 

अहिले इप्रकाबाट परिचालन हुने क्यूआटी मोटरसाइकलमा हिड्ने र गस्तिमा हिड्ने प्रहरीकालागि ‘बडी क्यामरा’ जडान गरिएको उनले बताए । ‘पहिलो चरणमा मोटरसाइकलमा हिड्नेको लागि हेलमेटमा र गस्तिमा हिड्नेको लागि शरीरमा साना क्यामरा फिट गरिएको छ,,’ डीएसपी कोइराला भन्छन्, ‘यसले गर्दा घटनास्थलमा भएको दृश्य र आवाजले पनि अनुसन्धानमा सघाउ पुर्‍याउने छ ।’ 

क्यामराको प्रयोगले अपराधी मात्र नभई गस्तिमा खटिने प्रहरीको पनि चालचलन र गएको स्थानको विषयमा समेत जानकारी राख्न सहज हुने उनको भनाइ छ । ‘कति घटनामा प्रहरीको पनि दोष छ भनि आरोप आउँछ, अब यति भएपछि सबै कुरा भिडियो र अडियोले पनि बताउँछ, प्रविधिको प्रयोग पनि त गर्नुपर्‍यो ,’ डिएसपी कोइरालाले भने । 

प्रविधिको प्रयोग नगर्दा घटनामा संलग्नले उन्मुक्ति पाउने, निर्दोषलाई दोषी बनाउने प्रयास गर्ने हुँदा प्रहरी पनि अब प्रविधिमैत्री हुनुपर्ने उनको भनाइ छ । ‘अपराध गर्ने सबै प्रविधि प्रयोग गर्छन्, प्रहरी अपराधीभन्दा पछि त हुनुभएन नी,’ उनले भने,‘मानिसको बोली झुटो भए पनि अब प्रविधि झुटो हुँदैन ।’ 

डीएसपी कोइरालाले इप्रकाले निगरानी गर्ने सम्पुर्ण क्षेत्रमा सीसी क्यामरासमेत जडान गरिएकोले अपराधमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सहज भएको समेत बताए । ‘हामीले यसअघि पनि सीसी क्यामरा जडान गरेका छौं, यो प्रविधिले पनि धेरै सहज बनाएको छ, अब त्यसले नसमेटेका क्षेत्रलाई हिडन क्यामराले समेट्छ ,’उनले भने ।

प्रविधिको प्रयोग गरेर अनुसन्धान गरे छिटो टुङ्गो लाग्ने हुँदा पीडितले पनि चाँडो न्याय पाउने प्रहरीले अपेक्षा गरेको  डीएसपी कोइरालाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.