नक्कली राहदानीमा सक्कली छाप

नक्कली राहदानीमा सक्कली छाप

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले नक्कली इजरायली राहदानी वाहक इरानी दम्पतीलाई आगमन र प्रस्थान अनुमति दिएको पाइएको छ। टर्कीको इस्तानबुलमा इजरायली राहदानी खरिद गरी काठमाडौँ हुँदै इटाली जान खोज्ने इरानी दम्पतीलाई भारतको नयाँदिल्लीस्थित अध्यागमन कार्यालयले राहदानी शंकास्पद भएको भन्दै फिर्ता पठाएपछि विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीको कर्तुत सार्वजनिक भएको हो।

विमानस्थलस्थित अध्यागमनका कर्मचारीले किन इजरायलको नक्कली राहदानीमा आगमन र प्रस्थान अनुमति दिए भन्ने विषयसमेत अनुसन्धानको दायरामा आएको छ। विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भने इजरायली राहदानीको प्राविधिक परीक्षण गर्दासमेत नक्कली नभेटिएपछि आगमन र प्रस्थान अनुमति दिएको दाबी गरेका छन्। ‘प्रविधिले समेत त्रुटि नभेटेपछि हामीले उनीहरूलाई आगमन र प्रस्थान अनुमति दिएका हौं, त्रिवि अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, यसमा मानवीय त्रुटि छैन। कर्मचारीको संलग्नता पनि छैन। नयाँ दिल्लीस्थित अध्यागमनले इरानी दम्पतीलाई फर्काइदिएपछि मात्र हामीले उनीहरूले प्रयोग गरेको इजरायली राहदानी नक्कली भएको थाहा पायौँ।’

इजरायलको नक्क्ली राहदानीमा पक्राउ पर्ने इरानीमा गेलारेह नाजारियानी र उनीकी पत्नी आयुव हेइदारी छन्। उनीहरूले टर्कीबाट इजरायलको राहदानी खरिद गरेका हुन्। जेठ १२ मा नेपाल आएका उनीहरू ५ दिनको काठमाडौँ बसाइपछि जेठ १८ गते नयाँदिल्ली हुँदै इटाली गएका थिए। ती दम्पतीलाई अध्यागमनका कर्मचारीले थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएका थिए। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूको मुद्दा अहिले जिल्ला अदालत काठमाडौंमा पुगेको छ।

अदालतको फैसलापछि उनीहरूलाई अध्यामगन विभागले निष्कासन गर्ने तयारी गरेको छ। टर्कीमा खरिद गरेको इजरायली राहदानीमा इरानी दम्पतीले नक्कली नाम लेखाएका थिए। इरानको तेहरानबाट टर्की गएका उनीहरूले दुबई आउँदासम्म इरानकै राहदनी प्रयोग गरेका छन्। तर दुबईबाट काठमाडौँ आउने क्रममा भने उनीहरूले टर्कीमा खरिद गरेको इजरायली रादहानी प्रयोग गरेको पाइएको छ।

इरानमा धार्मिक कट्टरता भएको र त्यहाँका मानिस स्वतन्त्र नभएकाले अधिकांश युवा पुस्ता युरोप जान खोज्ने हिरासतमा रहेका इरानी दम्पतीले बयान दिएको स्रोतले बताएको छ। इरानबाटै युरोप छिर्ने पटकपटकको प्रयास असफल भएपछि आफूहरूले एजेन्टको सहयोगमा इजरायलको राहदानी खरिद गरी इटाली जाने प्रयत्न गरेको बताएको स्रोतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.