बजेट कार्यान्वयन नहुँदै मूल्यवृद्धि

बजेट कार्यान्वयन नहुँदै मूल्यवृद्धि

गोरखा : सरकारले बजेट भाषण गरेको दिनदेखि नै गोरखाका विभिन्न बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि भएको छ । जेठ १५ गतेदेखि कम्पनीबाट मूल्यवृद्धि भएर सामान आएकाले मूल्यवृद्धि गर्न बाध्य भएको स्थानीय व्यापारीको भनाइ छ । ‘नयाँ उत्पादन भएको सामानमा मात्र होइन, कम्पनीले स्टक सामानमा समेत मूल्य बढाएर पठाएको छ’, वाइवाइ चाउचाउका डिलर दण्डपाणि कट्टेलले भने, ‘प्रतिकार्टुन १५ रुपैयाँ अन्तशुल्क तिथ्र्यौं । अहिले प्रतिकार्टुन भ्याट बाहेक ३३ रुपैयाँ तिर्नुपर्छ ।’ पाकेटमा पुरानै दरको मूल्य अंकित भए पनि कम्पनीले बिलमा मूल्य बढाएर पठाएको उनले बताए ।

बजेटमा उल्लेख कर साउनदेखि कार्यान्वयन हुन्छ, तर कम्पनी र व्यापारीले अहिलेदेखि नै मूल्य बढाएका हुन् । ‘कम्पनीले अनावश्यक मूल्य बढाएकाले हामीले पनि बढाउन बाध्य भएका हौं’, अर्का व्यापारी मनकाजी श्रेष्ठले भने, ‘स्टक सामानमा पनि किन मूल्य र कर बढाउनु प¥यो ? सरकारले यस बारेमा गम्भीर रुपले कुरा उठाइदिनुपर्छ ।’ बढेको मूल्यमा खुद्रा पसलेले सामान लैजान आनाकानी गरेर आफूलाई हैरान पारेको उनको भनाइ छ ।

जिल्ला अनुगमन टोलीले गरेको बजार अनुगमनमा व्यापारीको बेमौसमी मूल्यवृद्धिले उपभोक्ता र साना व्यापारी दुबैलाई हैरान पारेको जनाएको छ । जिल्ला अनुगमन समितिले गोरखा सदरमुकाममा बजार अनुगमन गरेको थियो । अनुगमनमा कालीमाटी टोलको मसला पसलमा म्याद नाघेका तेल, तिहारका लागि बनाइएको भाइ मसला, पापडजस्ता सामान प्रसस्त भेटिएको अनुगमन टोलीका गौतम भण्डारीले जानकारी दिए । मूल्य सूची नराखिएका, एउटै सामानको मूल्य पसलमा फरक भेटिएको उनले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.