चीनमा अपराध गरी नेपाल छिरेकी युवती पक्राउ

चीनमा अपराध गरी नेपाल छिरेकी युवती पक्राउ

काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको चिनियाँ युवती झोङ सुई काठमाडौंमा पक्राउ परेकी छन् । चीनमा वित्तिय अपराध गरी पर्यटक भिसामा लुकिछिपी बसिरहेकी सुईलाई बिहीबार अध्यागमन विभागले पक्राउ गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले अध्यागमनलाई पठाएको पत्रमा समेत सुईले कस्तो गम्भीर अपराध गरेकी हुन् स्पष्ट नखुलाएको स्रोतले बताएको छ । पत्रमा सुईले चीनमा गम्भीर वित्तिय अपराध गरेको र उनलाइ पक्राउ गरी सहयोग गरिदिनु उल्लेख छ । चीनमा वित्तिय अपराध गरी फरार भएपछि सुईविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । ओभर स्टे रहेकी उनी बिहीबार भिसाको म्याद थप्न अध्यागमन पुगेपछि उनलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

सुईले भिसा नियमित गर्ने प्रक्रिया अघि बढाएपछि उनलाई अध्यागमन कर्मचारीले पक्राउ गरिएको जानकारी गराए । अध्यागमनले हिरासतमा रहेकी सुईलाई शुक्रबार चीन फिर्ता पठाउँदै छ । चिनियाँ दूतावासले उपलब्ध गराएको ट्राभल डकुमेन्टका आधारमा सुईलाई अध्यागमनले चीन पठाउन लागेको हो ।

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले चीनमा गम्भीर अपराध गरेकाले सुईलाई उतै पठाइने जानकारी दिए । विसं २०७१ असोजमा पहिलो पटक नेपाल आएकी सुई पछिल्लो पटक पर्यटक भिसामा फागुन १९ गते आएकी थिइन् ।

चीनको पब्लिक सेक्युरिटिज मिनिस्ट्रीले वित्तिय अपराध गरी फरार रहेकी भन्दै सुईको राहदानी जुन ५ मा रद्द गरेको थियो । चिनियाँ दूतावासले अध्यागमनलाई सुइको राहदानी रद्द गरिएको जानकारी दिएको थियो । नेपालमा नै सुई लुकिछिपी बसेको आशंकामा इन्टरपोल र चिनियाँ दूतावासले अध्यागमनसँग उनी भिसाको म्याद थप्न आए तत्काल पक्राउ गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.