पहिरोले मेची राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध

पहिरोले मेची राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध

ताप्लेजुङः विहीबार रातिको अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङको मेची राजमार्गसहित आधा दर्जन ग्रामिण सडकको केही खण्ड बगाएको छ । 

हाङ्देवा खोलामा आएको बाढीले बगाएर एकजना बेपत्ता भएका छन् । राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका–९ मा रहेको हाङ्देवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ । 

राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा कार्यरत थिए । यसैबीच पहिरोले फुङलिङ नगरपालिका–३ केनेमस्थित फुङलिङ–दोभान सडक खण्ड तीन ठाउँमा अवरुद्ध बनाएको छ । 

माथिबाट माटोको लेदो झरी बाटो अबरोध भएको हो । सोही सडकखण्डको भारी खोलामा खोला बाढी आएर सडक बगाएको छ । दुवै स्थानमा अस्थायी प्रहरी चौकी सिम्लेबाट प्रहरी टोली पुगेको छ । 

फुङ्लिङ दोभान सडक खण्डकै बहानन्दे छेउमा पहिरोले २० मिटर सडक बगाएको प्रहरीले जनाएको छ । यता मेची राजमार्गको फुङ्लिङ–सुकेटारखण्डस्थित उकालिपानीमा सडकदेखि १० मिटर माथिबाट माटो झरी बाटो अवरुद्ध भएको छ । 

पहिरोले ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन् । पाथिभरा याङबरक गाउँपालिका–२ थेचम्बुस्थित  विर्तामोड–थेचम्बु सडक खण्डमा सडकदेखि १० मिटरमाथिबाट पहिरो झरेर बाटो अबरोध भएको छ । 

त्यस्तै फुङलिङ नगरपालिका–१० फुरुम्बुमा उत्तर–दक्षिण लोकमार्गको तापेथोक–सदरमकाम सडकखण्डमा गोल्छे खोलाले २० मिटर बाटो बगाएको प्रहरीले जानकारी दिएको छ । पहिरो गएको सबै ठाउँमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख बस्नेतले बताए । ताप्लेजु गएराति यस वर्षकै ठूलो वर्षा भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.