प्रदेश प्रहरीमा ३ हजार भर्ना लिने तयारी

प्रदेश प्रहरीमा ३ हजार भर्ना लिने तयारी

जनकपुरधाम : प्रदेश २ मा ३ हजार प्रदेश प्रहरी भर्ना गर्ने तयारी सरकारले गरेको छ । स्रोतसाधनअनुसार प्रदेश प्रहरी भर्ना गर्ने तयारी रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

उनका अनुसार प्रदेश प्रहरीको भर्नापश्चात् तिनको तालिम र व्यवस्थापनको काम प्रदेश सरकारले नै गर्नेछ । ‘हामीले प्रदेश प्रहरीका लागि तालिम केन्द्र स्थापना प्रक्रिया अघि बढाएका छौं’, उनले भने, ‘त्यसका लागि जग्गा छनोट भइसकेको छ । सम्भवतः यसै आर्थिक वर्षमा तालिम केन्द्र निर्माण कार्य सम्पन्न हुनेछ ।’

प्रदेश प्रहरी सञ्चालनका लागि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक अघि बढाउने निर्णयसमेत गरेको उनले बताए । ‘हामीले संघीय प्रहरी ऐनसँग नबाझिने गरी नियमावली निर्माण गर्नेछौं’, उनले भने । सोही नियमावलीअनुसार प्रदेश प्रहरी भर्नाको मापदण्ड निर्धारणदेखि सरुवा–बढुवा गरिने विधेयकमा उल्लेख छ । विज्ञको सल्लाह लिएर बनाइएको विधेयक प्रदेशसभाबाट पारित भएपछि प्रदेश प्रहरी भर्नाका लागि अध्ययन समितिसमेत गठन गरिने भएको छ ।

विधेयक मस्यौदामा ४५ प्रतिशत आरक्षणको व्यवस्था प्रस्ताव गरिएको छ । आरक्षणमा महिलालाई प्राथमिकता दिइएको छ । ५० प्रतिशत महिला, १० प्रतिशत मधेसी र त्यसपछि दलित, आदिवासी जनजाति, मुस्लिम र थारू रहने जनाइएको छ ।

संघीय प्रहरीसँग समन्वय गरी प्रदेश प्रहरीले कार्यसम्पादन गर्ने हुनाले संघबाट खटाइएका अधिकारी नै प्रदेश प्रहरी प्रमुखका रूपमा रहनेछन् । हाल प्रदेशमा प्रदेश प्रहरी कार्यालय स्थापना भई डीआईजीले प्रमुखका रूपमा कार्यभार सम्हालिरहेका छन् । प्रदेश प्रहरी परिचालन गर्ने सम्पूर्ण अधिकार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हुने विधेयक मस्यौदामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.