नमस्ते झरनामा ढुंगाले लागेर युवाको ज्यान गयो

नमस्ते झरनामा ढुंगाले लागेर युवाको ज्यान गयो

इटहरी: पूर्वको लोकप्रिय पर्यटकीय स्थान धनकुटाको नमस्ते झरनामा नुहाउने क्रममा शुक्रबा एक युवाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार नुहाउने क्रममा माथिल्लो पहाडबाट खसेर ढुंगाले लागेर ज्यान गुमाउने युवा इटहरी-९ का विक्रम तामाङ रहेका छन् । 

शुक्रबार दिउँसो नुहाउने क्रममा उनलाई पहाडको माथिल्लो भागबाट झरेको ढुंगाले लागेको थियो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै ज्यान गएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिए । 

उनका अनुसार झरनामा सिजनमा दैनिक ५ सयसम्म पर्यटक आउने गरेका थिए । उक्त झरनामा भारतीयहरूको चाप बढी थियो । 

यो घटनापछि व्यवस्थापन समितिले झरना अवलोकनमा जान तत्काललाई रोक लगाएको छ । शनिबार धनकुटाको स्थानीय प्रशासन, गाउँपालिकाका पदाधिकारी र सुरक्षानिकायबाट निरीक्षणपछि मात्र थप निर्णय लिइने लिम्बूले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.