शौचालयको सेफ्टी ट्यांकीमा महिलाको लास

शौचालयको सेफ्टी ट्यांकीमा महिलाको लास

राजविराज :  हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालिएको एक महिलाको लास शुक्रबार फेला परेको छ । राजविराज नगरपालिका १५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको लास उनकै घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्यांकीबमा प्रहरीले फेला परेको हो ।

 महिलाको लास सडेगलेको अवस्थामा शुक्रबार उत्खनन गरी फेला पारेको डीएसपी भावेश रिमालले बताए । गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयवासीले बिहीबार प्रहरीलाई खबर गरेका थिए । डीएसपी रिमालको नेतृत्वमा शुक्रबार पुगेको प्रहरीको टोलीले लास उत्खनन गरी सेफ्टी ट्यांकबाट निकालेको हो ।

उक्त लासको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो नै पोष्टमार्टम गरिएको छ ।मृतकका श्रीमान सूर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा गत आइतबारदेखि घरमा ताला लगाएर बेपत्ता  भएका थिए । हत्याको आशंकामा प्रहरीले मृतकका श्रीमानको खोजबिन गरिरहेको एसपी मुकेशकुमार सिंहले बताए ।

भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि ०७२ असार ११ गते घर फर्केका सूर्यनारायणले ०७२ सालमै सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ खुदीभखारीकी बेचनीसँग विवाह गरेका थिए । 
सुर्यनारायणकी आमा सोमादेवी साहका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले उनले तीन छोरामध्ये जेठा छोरा सुर्यनारायणलाई ११ वर्षको उमेरमा झडकेलो मामासँग मधेपुरा १ का चलितर साहसँगै रोजगारीका लागि २०४८ कात्तिक २ गते भारत पठाएकी थिइन् ।

भारतमा लगी विक्री गरेको आरोपमा उनका झडकेलो मामा चलितरलाई प्रहरीले ०७२ असार २० गते गिरफ्तार गरी मानव वेचविखन अपराधअन्तर्गत मुद्दा चलाएको थियो । २४ वर्षपछि घर फर्केका छोरा सूर्यनारायण नातिनी प्रतिभासहित बेपत्ता  र  बुहारीको हत्याका कारण ६७ वर्षीया बृद्धा आमा सोमादेवी विक्षिप्त छिन् । मृतकका बुवा रामकुमार साहले ज्वाइ सूर्यनारायण साहले हत्या गरी फरार भएको भन्दै आवश्यक छानबिन गर्न माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.