खहरे खोलाको बाढी झन् जोखिम

खहरे खोलाको बाढी झन् जोखिम

 काठमाडौं : साना खोलानालामा आएको बाढीले पुर्‍याएको क्षतितर्फ सरकारको ध्यान जान सकेको छैन। सामान्य वर्षामा पनि खहरे खोलामा बाढी आइदिँदा ठूलो धनजनको क्षति हुने गरेको छ।

मनसुन सक्रिय हुँदा खहरेमा आउने बाढीले जोखिम हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराउन थालेको छ। मनसुन सक्रिय भएसँगै खहरेमा बाढी आउने क्रम बढेसँगै विपत् निम्तिने गरेको छ। मनसुन सक्रिय भएसँगै प्रमुख नदीहरूमा बहाव उच्च हुने क्रम बढ्दो छ।

देशको पूर्वी पहाडी क्षेत्रमा वर्षा नरोकिएकाले साना खोला (खहरे) आसपासमा विभागले सचेतता अपनाएको छ। बिहीबार, शुक्रबार ताप्लेजुङ, इलाम, तेह्रथुम, संखुवासभा, ओखलढुंगा, दोलखालगायतका जिल्लाबाट बग्ने साना खोलामा आकस्मिक बाढीको जोखिम देखा पर्‍यो।

प्रत्येक दिन विपत् जोखिम न्यूनिकरण गर्ने लक्ष्यले विज्ञप्ति जारी र्गै विभागले खोला नजिकका बस्तीलाई सचेत गराउन सुरु गरेको छ। विगतदेखि ठूला नदीहरूमा बाढीको खतरा रहेको भने पनि मुख्य गरी साना खोलानालालेनै विपत् निम्त्याउने गरेको छ। यसअघि प्रमुख नदीमा पानीको सतह बढेपछि मात्र विपत् निम्तिने भन्ने प्रचलन थियो। सरकार घटना घटे क्षतिपूर्ति र समवेदना दिन आतुर हुने गरेको छ। यो पद्धतिलाई हटाउनु घटना अघिनै सजकता र नियन्त्रणका कामको थलानी गर्नुपर्ने सञ्जीव गुरुङले सरकारसँग माग गरेका छन्।

विभागले तीन दिनसम्मको अवस्थालाई अनुमान गरेर सर्तकता अपनाउँदै आएको विभागका महानिर्देशक ऋषिराम शर्माले बताए। बाढी ठूला नदीसम्म आइपुगेमा जोखिम न्यूनिकरण प्रभावकारी बन्न सक्दैन। साना खोलानालामा पुरै बाढी आएर क्षति पुर्‍याउँदै ठूला नदीमा बाढी पुग्ने गर्छ त्यसैले यो अवस्थामा पुग्नु अघिनै जोखिम न्यूनिकरणका काम अघि बढाउनु उपयुक्त हुने शर्माले बताए।

कोसी, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली जस्ता ठूला नदीमा बाढी आउनु अत्याधिक वर्षा हुनुपर्ने हुन्छ। विभागले विभिन्न कारणले उत्पन्न हुन सक्ने खतरा तीन दिन अगावै पूर्वसूचना प्रवाह गर्ने, दैनिक दुई पटक बुलेटिन प्रकाशन गर्ने र २४ सै घण्टा सूचना गृह मन्त्रालयलाई जानकारी गराउन थालेको छ।

गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखा, रेडक्रसलगायत अन्य विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थालाई जानकारी गराउने, खतरा भएको नदी, खोला आसपासमा मनसुन भर एसएमएसबाट अग्रिम सूचना प्रवाह गर्दे आएको छ।

विपत् निम्तिएपछि विपत्ति घोषणा गरेर काम थाल्ने सरकारी प्रवृत्तिलाई सुधार गर्न जोखिम क्षेत्रको अध्यन अवलोकन गरेर न्यूनिकरण अभियान चलाए कम क्षति बेहोर्नु पर्ने हुन्छ।

सरकारले जोखिम न्यूनिकरणका पूर्वकार्यहरू गरेको पाइदैन। विभागले बुलेटिनमार्फत् जानकारी दिने, एसएमएसबाट जानकारी दिने जस्ता कार्य गर्दै आए पनि प्रभावित क्षेत्रलाई दीर्घकालिन व्यवस्थापन भने गर्न सकेको छैन। वार्षिक एउटै तालिकामा एउटै प्रकृतिका गतिविधि गर्दा सयैांले ज्यान गुमाउनु परेको छ भने अर्बैांको धनमाल क्षति हुँदै आएको छ।

गृह मन्त्रालयले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी गरे पनि जोखिम न्यूनिकरणका पक्षमा प्रभावकारी कदम नचाल्दा विपत् जोखिम न्यूनिकरण हुन सकेको छैन। यो वर्ष भने दुई दिन अगावै जेठ २५ गते मनसुन नेपाल प्रवेश गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.