नदीले बगाएर युवक बेपत्ता
दोलखा : तामाकोशी नदीले बगाएर दोलखामा एकजना युवक बेपत्ता भएका छन्। शैलुङ गाउँपालिका-७, फस्कुमा रहेको धम्बदायदा ध्यान केन्द्रमा भिक्षु पढ्न आएका ललितपुरको पाटनका १६ वर्षीय उन्नत शाक्य बेपत्ता भएका हुन्।
आइतबार दिउँसो १०/१२ जना साथीको समूहमा तामाकोशी नदीको चरंगे घाटमा नुहाउने क्रममा नदीले बगाउँदा शाक्य बेपत्ता भएका हुन्।
प्रहरी चौकी कीराँतीछापका प्रहरी निरीक्षक प्रेम गिरीको कमाण्डमा ७ जना प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !