चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : मन्त्री यादव

चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : मन्त्री यादव
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । बुुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् ।

चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेका उनले बताइन् ।

त्यस्तै उनले आयल निगमबाट सिलिगुढी चारअली र अमलेखगञ्ज लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेका र सर्लाहीमा पेट्रोलियम भण्डारणस्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको जानकारी दिइन् । मन्त्री कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको तीन महिनाको लागि पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुरूप सरकारले काम गरिरहेको उल्लेख गरिन् ।

उनले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवद्र्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय सम्वद्र्धन सेवा र उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने बताइन् । राष्ट्रिय उद्यम सेवामार्फत उद्यमशीलता विकास गर्दै स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ विविध कार्यक्रमहरू कार्यान्वयन गर्न प्रस्ताव गरिएको उनले बताइन् । उनले औद्योगिक ग्रामलाई निर्माण कार्य प्रगतिका आधारमा मन्त्रालयबाट कानुन बमोजिम बजेट निकास गरिने स्पष्ट पारिन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.