वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा

वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच भेटवार्ता भएको छ। बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा राजदूत सुरोभत्सेभले नेपाल-रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताएका थिए। उनले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भएमा वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्ष तयार रहेको बताएका थिए।

रुस नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उनको भनाइ थियो।

त्यस्तै उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गरेका थिए। उनले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७०औं वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटूट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताए।

‘पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ। आगामी दिनहरूमा नेपाल-रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु,' उपराष्ट्रपति यादवले भने। 

भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा मैत्रीपूर्ण रुसी जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.