आरेन राईको प्रश्न : एउटै आन्दोलनमा सहभागी कोही सांसद–मन्त्री, कोही कारागारमा बस्नु पर्ने ?

आरेन राईको प्रश्न : एउटै आन्दोलनमा सहभागी कोही सांसद–मन्त्री, कोही कारागारमा बस्नु पर्ने ?

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले देशको माटो बचाउने कुरामा सत्ता र प्रतिपक्ष भन्ने नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिका बारेमा संसदमा आएर जवाफ दिनै पर्ने बताएका छन् ।

उनले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका राजनीतिक घटना क्रम र राजनीतिक आन्दोलनहरुलाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०५२ सालको जनयुद्ध, २०६२–६३ को जनआन्दोलन र भर्खरै भएको जेनजी आन्दोलनलाई अहिलेको सरकारले कसरी हेरेको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले जेनजी आन्दोलनका सन्दर्भमा मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझ्दा विगतका आन्दोलनका विषयहरु पनि हेरिने जवाफ पाएको बताए । उनले गत भर्दौ २३ र २४ को जेनजी आन्दोलनको सन्दर्भ जोड्दै केहि जान्ने र बुझ्ने र आन्दोलनमा सहभागी हुनेहरु सांसद हुने, मन्त्री भएर देश चलाउनु पर्ने र त्यहि आन्दोलनमा सहभागी हुने सोझासाझा नागरिकहरु आज कारागार बस्नु पर्ने यो कस्तो दुःखलाग्दो कुरा भन्दै सरकारलाई ध्यानाकर्ष  गराएका छन् ।

विभिन्न जिल्लामा गरेर ९७३ जनालाई पक्राउ गरिएको बताउँदै सांसद राईले त्यसमध्ये केहि धरौटी, केहि सामान्य तारखेमा छुटेको बताए । उनले कानुन कार्यान्वयनको विषयमा विभेद भएको भन्दै सरकारको ध्यानाकर्ष गराएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.