‘ठेकेदारको खुट्टा’ भाँच्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले संसदबाट दिए यस्तो जवाफ

‘ठेकेदारको खुट्टा’ भाँच्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले संसदबाट दिए यस्तो जवाफ

काठमाडौं : पूर्वाधार बिकासमन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो बर्ष केहि आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् ।

उनले पहिलो बर्षमा आयोजनाहरुमा छुट्याइएको बजेट कम भए रकमान्तर गरेर भए पनि पूर्ति गरिने उल्लेख गरे । मन्त्री लम्सालले मन्त्रालयको बजेट करिव ३ खर्बको रहे पनि आगामी आर्थिक बर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताए । उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि पर्याप्त बजेट बिनियोजन भएको र सांसदहरुको मागका आधारमा सबै क्षेत्रलाई प्राथमिकता राखेको बताए ।

काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफूले गरेको र कसैलाई दुःख दिने आशय नभएको स्पष्ट पारेका छन् । उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउन सक्ने भएकाले सचेत गराएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.