रास्वपा महाधिवेशनमा तीन हजारसम्म प्रतिनिधि हुने, पुरानो लेवी नतिरेकालाई प्रवेशमा रोक

रास्वपा महाधिवेशनमा तीन हजारसम्म प्रतिनिधि हुने, पुरानो लेवी नतिरेकालाई प्रवेशमा रोक
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ ।

पार्टी कार्यालय बनस्थलीमा बिहीबार बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै बिभिन्न पदमा दावी गर्ने र आवश्यकता भन्दा बढि प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। पार्टीका सदस्यहरुबीच कुनै मतभेद नराखी सौहार्दपूर्ण रूपमा पार्टीलाई एकढिक्का राख्नको लागि निर्वाचन आचारसंहिताभित्र रहेर प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

महामन्त्री बुर्लाकोटीले विद्युतीय भोटिङ मेशिनको प्रयोगमार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेको जानकारी दिए । बैठकमा विधान संशोधनसम्बन्धी छलफल भइ सचिवालयले केन्द्रीय समितिमा पठाउने गरी निर्णय गरेको उनले बताए । अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको समेत उनले जानकारी दिए ।

त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महाधिवेशनमा २५ सय देखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको महामन्त्री बुर्लाकोटीले बताए । त्यस बाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एक जना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले तीन जना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको उनले जानकारी दिए । 

पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामनाका लागि बिभिन्न दलका सभापति तथा अध्यक्षहरुलाई निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेश प्रदेश बाहेक  अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ भने महाधिवेशनका लागि गठन गरिएका उपसमितिहरुले असार ६ गते साँझसम्म सबै तयारी सक्ने जानकारी गराएको महामन्त्री बुर्लाकोटीले बताए । रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।  महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.