व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
काठमाडौं : विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरेको थियो। विशेष अदालतले प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारका लागि उचित व्यवस्था गर्न पनि सम्बन्धित कारागार कार्यालयलाई आदेश दिएको छ।
त्यस्तै आरोपपत्रसाथ पेश गरिएको ०१-०३३ च १ नम्बरको गाडी प्रचलित कानुन बमोजिम व्यवस्थापनका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिइएको छ।
प्रतिक्रिया दिनुहोस !