पोर्चुगलको विश्वकप ग्लोरी अभियान, पहिलो खेल कंगोसँग

पोर्चुगलको विश्वकप ग्लोरी अभियान, पहिलो खेल कंगोसँग
सुन्नुहोस्

काठमाडौं : पोर्चुगलको विश्वकप ग्लोरी अभियान बुधबार डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग प्रतिस्पर्धा गरेसँगै सुरु हुनेछ । ह्युस्टन रंगशालामा हुने समूह ‘के’ को यो खेल नेपाली समयअनुसार राति १०;४५ बजे हुनेछ ।
 
सेलेसाओ दास क्विनासले अहिलेसम्म विश्वकप जितेको छैन । तर, यसपाली फ्रान्स र स्पेनसँगै पोर्चुगललाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ । किनभने यसपाली पोर्चुगलको स्क्वाड डेप्थ एकदमै बलियो छ ।

 
विश्वकपमा पोर्चुगलको सबैभन्दा राम्रो प्रदर्शन ६० वर्षअघि आएको थियो । १९६६ इङ्ल्यान्ड विश्वकपमा टोली तेस्रो भएको थियो । त्यसयता विश्वकपमा टोलीको यात्रा संघर्षपूर्ण रहँदै आएको छ ।
 
२००६ जर्मनी विश्वकपमा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा गर्यो । गत संस्करण टोली क्वार्टरफाइनलमा पराजित भएको थियो । सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले त्यसयता बलियो स्क्वाड हुनका बावजुद विश्वकपमा रवाफिलो प्रदर्शन गर्न सकेको छैन । यसपाली करिअरको उत्तरार्धमा रहेका भेट्रान खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि भएपनि टोली जसरी पनि विश्वकप जित्न चाहन्छ ।
 
रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगल साँचिक्कै बलियो छ । उज्वेकिस्तान र कोलम्बियासम्मिलित समूह ‘के’मा पोर्चुगल निर्विवाद शीर्ष स्थानमा रहने टोली हो भन्न सकिन्छ ।
 
विश्वकपअघि भएका तीनवटै मैत्रीपूणैै खेलमा पोर्चुगलले विजयी हासिल गरेको थियो । अमेरिका, चिली र नाइजेरिया पोर्चुगलसँग पराजित भएका थिए ।

अर्मेनियाविरुद्ध ९-१ को फराकिलो जितसँगै पोर्चुगलले विश्वकप छनोट अभियानको अन्त्य गरेको थियो । तर, त्यो खेलअघि टोली रिपब्लिक अफ आयरल्यान्डसँग पराजित भएको थियो । जसका कारण टोलीले अमेरिकामा उपाधिका लागि साँच्चिकै बलियो चुनौती दिने  क्षमतामाथि प्रश्न चिन्ह अहिले पनि उठिरहेको छ ।

पोर्चुगल र कंगो अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक आमने–सामने हुँदैछन् । लियोपाडर््सको उपनामले परिचित कंगोको चुनौती पन्छाउन नसके यो विश्वकप २०२६ कै दोस्रो ठूलो झट्का हुनेछ । सोमबार राति मात्र स्पेनलाई पहिलोपटक विश्वकप खेलिरहेको केप भेर्डेले गोलरहित बराबरीमा रोकेको थियो ।

कंगोले विश्वकपअघि पोर्चुगलको युरोपियन प्रतिद्धन्द्धी डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, सात दिनअघि मात्र टोली चिलीसँग २–१ ले पराजित भयो ।

कंगोले गत वर्ष सम्पन्न अफ्रिकन कप अफ नेसन्समा अन्तिम १६ सम्मको यात्रा गर्यो । जमाइकाविरुद्ध अन्तर महादेशीय प्लेअफमा जमाइकालाई १–० ले पराजित गर्दै लियापार्ड्सले ५२ वर्षपछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

‘एक्पान्डेड’ विश्वकपले सेबास्टियन डेजाब्रेको नेतृत्वमा रहेको कंगोलाई नकआउट चरण प्रवेश गर्ने मौका दिएको छ । एउटा जितले पनि कंगोले कम्तिमा पनि तेस्रो स्थान हासिल गर्नेछ । यसपालि उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’ बन्ने टोलीलाई अन्तिम ३२ मा प्रवेश गर्ने अवसर रहेकाले एउटा जितले पनि धेरै महत्व राख्नेछ ।

कंगोविरुद्धको खेल पोर्चुगललाई सबैभन्दा कठिन परीक्षा हो । किनभने जुन २७ मा पोर्चुगलले भेट उज्वेकिस्तानसँग छ । जुन खेलले पोर्चुगलको आगामी यात्रा निर्धारण गर्नेछ । समूहको दोस्रो स्थानमा रहे टोलीले अन्तिम ३२ मा बलियो टोली इङ्ल्यान्ड अथवा क्रोएसियनसँग खेल्नुपर्ने हुन्छ । अनि अन्तिम १६ मा सम्भवतः उसको भेट स्पेनसँग हुन सक्छ ।

पोर्चुगलसँग अहिले कुनै पनि खालको इन्जुरी समस्या छैन । बुधबार ४१ वर्षीय रोनाल्डो आफ्नो २२९औं अन्तर्राष्ट्रिय खेलमा पोर्चुगललाई लिड गर्दैछन् ।

रोनाल्डो कंगोविरुद्ध आफ्नो १४३औं गोलको खोजीमा हुनेछन् । अनि निराशजनक २०२२ कतार विश्वकपलाई सुधार्ने लक्ष्यमा हुनेछन् । चार वर्षअघि उनले मात्र एक गोल गरेका थिए ।

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन ९पिएसजी०लाई लगातार दोस्रो सिजन युइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका नुनो मेन्डेज, जोआओ नेभेज र भिटिन्हा पहिलो रोजाईमा खेल्न तयार छन् । त्यस्तै म्यानचेस्टर युनाइटेडबाट सानदार सिजन बिताएका ब्रुनो फर्नान्डेज पनि टोलीका महत्वपूर्ण सदस्य हुन् ।

कंगोको हकमा स्क्वाडमा आरोन वान बिसाका, तुआन्जेबे, चान्सेल म्बेम्बा र आर्थर मासुआकु जस्ता नाम चलेका खेलाडीहरु छन् । पोर्चुगलविरुद्ध टोली ब्याक फाइबमा खेल्ने अनुमान गरिएको छ ।

सन्डरल्यान्डका नोआ सादिकीले मिडफिल्डलाई लिड गर्नेछन् । त्यस्तै स्ट्राइकरमा न्युक्यासलका योआन विस्सा र रियाल बेटिजका सेड्रिक बाकाम्बुमध्ये एक जना हुने अनुमान गर्न सकिन्छ ।

बकाम्बुको नाममा २१ गोल छ । त्यस्तै न्युक्यासलमा कठिन सिजन बिताएका विस्साले ९ गोल गरेका छन् । समूह ‘के’को अर्को खेलमा बिहीबार बिहान नेपाली समयअनुसार ७:४५ बजे उज्वेकिस्तान र कोलम्बियाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.