अन्तिम मिनेटमा डियालोले गरेको गोलमार्फत आइभरिलाई महत्वपूर्ण ३ अङ्क
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह इ को दोस्रो खेलमा आइभरी कोस्ट र इक्वेडरलाई १-० ले हराएको छ।
फिलिडेल्फियामा भएको खेलको ९० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अमाद डियालोले भूल गर्दै आइभरी कोस्टको लागि महत्वपूर्ण ३ अङ्क जोडेका हुन् ।
खेलको एघारौँ मिनेटमा इक्वेडरले राम्रो मौका सदुपयोग गर्न सकेन। खेलको१४औं मिनेटमा इक्वेडरका स्ट्राइकरले हानेको बल पोस्टभन्दा माथिबाट बाहिरियो। खेलको १७ औं मिनेटमा आइभरी कोस्टले गरेको प्रहार बाहिरियो।
खेलको तीसौँ मिनेटमा इक्वेडरले राम्रो मौका सदुपयोग गर्न सकेन। हानेको प्रहार पोस्ट बारमा लाग्दै रिबाउन्ड भयो। पहिलो हाफमा निकै मौकाहरु भनेपनि दुवै टिमले गोल भने गर्न सकेनन्। दोस्रो हाफमा आइभरी कोस्ट केही आक्रमक देखियो सुरुवाती समयदेखि नै आक्रमणको प्रयास गरिरहेको थियो।
दोस्रो हाफको सुरुवाती समयदेखि नै दबाब बनाएको आइभरी कोस्टले नियमित ९० मिनेटको खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गरेको हो। कोस्टको लागि अमाद डियालोले उत्कृष्ट फिनिस गरे। वैकल्पिक खेलाडीको रुपमा मैदानमा आएका डियालोले ९० औं मिनेटमा गोल गरेका हुन्।
समूह इ को पहिलो खेलमा जर्मनीले कुराकाउलाई ७-१ले पराजित गरेको थियो। आजको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सले २-२ बराबरी खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !