वर्षौंको प्रतिक्षा, हाइटीविरुद्ध स्कटल्यान्डको जित
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह सी अन्तर्गतको दोस्रो खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गरेको छ।बोस्टन स्टेडियममा भएको खेलमा हाइटीलाई हराउँदै स्टकल्यान्डले समूह चरणको पहिलो खेलमा ३ अंक जोड्दै शिर्ष स्थानमा रहने भएको छ।
खेलको २८ औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा हाइटीको फिनिसिङ टच राम्रो भएको थिएन। दोस्रो हाफमा भने केही सुधारिएको प्रहारहरु हाइटीले बनायो। खेलको ८४ औं मिनेटमा हाइटीले निकै राम्रो मौका सदुपयोग गर्न सकेन।
स्कटल्यान्डले २८ वर्षपछि विश्वकपमा स्थान बनाएको हो भने हाइटी पनि दोस्रो पटक विश्वकप खेल्दैछ। हाइटीले सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको थियो। हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको हो।
आज भएको पहिलो खेल समूह बी को थियो। जसमा कतार र स्विट्जरल्यान्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए। दोस्रो खेल समूह सी को पहिलो खेल रहेको थियो। जसमा ब्राजिल र मोरक्कोले १–१ बराबरी खेले।
आजको चौथो खेल समूह डीको हुनेछ। यसअघि, समूह डी को एक खेल भइसकेको छ। जसमा अमेरिकाले पराग्वेलाई ४–१ ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !