इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती

इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती

काठमाडौं : इङ्ल्यान्डले यसपाली विश्वकप जित्ने हो भने, बुधबार मध्यराति क्रोएसियाविरुद्धको खेल कसैले बिर्सने छैनन् । किनभने थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डको च्याम्पियन हुने बाटो यहीँबाट सुरु हुने हो । एटी एन्ड टी रंगशालामा हुने समूह ‘एल’को यो खेल नेपाली समयअनुसार १:४५ बजे हुनेछ ।

इङ्ल्यान्डको पछिल्लो विश्वकप उपलब्धि १९६६ मा आएको होइन । उमेर समूहमा यु-१७ र यु-२० टोलीले सन् २०१७ मा विश्वकप उपाधि उचालेको थियो । तर, सिनियरतर्फ टोलीले उपाधिका लागि संघर्ष गरिरहनु परेको छ । ६० वर्ष भइसक्यो, इङ्ल्यान्डले अन्तर्राष्ट्रिय उपाधि नजितेको ।

यदि विश्वकप ट्रफी छनोट प्रतियोगितामा सबैभन्दा राम्रो टोलीलाई दिने हो भने इङ्ल्यान्डले विजयी जुलुस निकालिसक्थ्यो । किनभने इङ्ल्यान्ड युरोपबाट सबैभन्दा छिटो अमेरिकाको टिकट काट्ने टोली बनेको थियो । प्रारम्भिक छनोटमा इङ्ल्यान्डले सबै आठ खेल जितेको थियो । अनि ती सबै खेलमा क्लिन सिट पनि राख्न सफल भयो ।

तर, विश्वकपको पूर्वसन्ध्यामा भएका मैत्रीपूर्ण खेलहरु भने इङ्ल्यान्डका लागि विर्सनलायक रह्यो । उरुग्वेसँग बराबरीमा रोकिएको टोली जापानसँग १–० ले स्तब्ध बन्यो । इङ्ल्यान्डले कुनै पनि एसियाली मुलुकसँग हार बेहोरेको यो नै पहिलोपटक थियो । तर, त्यसपछि न्यु जिल्यान्ड र कोस्टारिकासँग जितले ह्यारी केनको कप्तानी रहेको टोलीमा विश्वकपअघि कन्फिडेन्स दिने काम गर्यो ।

कोस्टारिकाविरुद्ध टुचेलले बलियो पहिलो रोजाई मैदानमा उतारेको थियो । त्यही कारण पनि ३-० को सहज जित सम्भव भएको थियो । यद्यपि थ्री लायन्सले पछिल्ला आठमध्ये सात संस्करण आफ्नो पहिलो खेलमा हार बेहोरेको छैन । सन् २०१४ मा टोली इटालीसँग २-१ ले पराजित भएको थियो ।

टोलीले सातमध्ये चार खेल जितेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगिएको छ । पछिल्ला दुई संस्करण भने टोलीले क्रमशः ट्युनिसिया र इरानलाई हराएको थियो । तर, विश्वकको इतिहासले इङ्ल्यान्डलाई त्यति ‘फेबर’ गरेको देखिँदैन ।

विश्वकपमा अहिलेसम्म पनि क्रोएसियालाई उपाधिको दाबेदारका रुपमा गनिदैन । तर, टोलीले पछिल्ला दुई संस्करण लगातार मेडल जितेको छ । रसिया २०१८ मा उपविजेता क्रोएसियाले कतार २०२२ मा कांस्य पदक जितेको थियो । लगत्तैको वर्ष २०२२-२३ मा टोलीले नेसन्स लिगमा पनि मेडल प्राप्त गर्यो ।

यद्यपि ज्लात्को ड्यालिकको नेतृत्वमा रहेको क्रोएसियालाई यसपाली मेडलको दाबेदार भनेर भनिहाल्न मिल्दैन । किनभने क्रोएसिया युरोपियन च्याम्पियनसिप २०२४ मा समूह चरणबाटै बाहिरिएको थियो । टोलीले एक खेल पनि जितेन । यो क्रोएसियाका लागि २००६ यताकै सबैभन्दा खराब अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

क्रोएसिया अनुभवी स्कवाडका साथ अमेरिका पुगेको छ । केही चर्चित खेलाडी अहिले करिअरको उत्तरार्धमा छ । तर, यसो भनिरहँदा क्रोएसियाका लागि छनोट प्रतियोगिता इङ्ल्यान्डको जस्तै सम्झनलायक रह्यो । टोलीले आठ खेलमा मात्र दुई अंक गुमायो ।

इङ्ल्यान्ड जस्तै क्रोएसियाका लागि पनि प्रि वल्र्डकप फ्रेन्ड्ली त्यति खास रहेन । ब्राजिल र बेल्जियमसँग हारेको क्रोएसियाले स्लोभेनियाविरुद्ध २-१ को संघर्षपूर्ण जित निकाल्यो । स्लोभेनियारुद्ध इन्जुरी समयमा मारियो पासालिकले गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।
क्रोएसिया ‘लेट गोल’मा रमाउने टोली हो । रसिया २०१८ को सेमिफाइनलमा मारियो मान्जुकिचले १०९औं मिनेटमा इङ्ल्यान्डविरुद्ध निर्णायक गोल गरेका थिए ।

इङ्ल्यान्डमा अहिले इन्जुरीको समस्या छैन । तर, राइट विंगर बुकायो साकाको फिटनेश टुचेलका लागि टाउको दुखाईको विषय बनिरहेको छ । आर्सनलका साका अहिले फिट नरहेको बुझिएको छ । साकाको ठाउँमा टुचेलले उनका आर्सनल सहकर्मी नोनी माडुवेकेलाई खेलाउने सम्भावना बलियो छ । लेफ्ट साइडमा बार्सिलोनाका नयाँ साइनिङ एन्टोनी गोर्डन हुने अनुमान गरिएको छ ।

क्रोएसियसँग पनि विकल्पहरु धेरै छन् । लुका मोड्रिच र इभान पेरिसिच ‘प्लेयर्स टु वाच’ हुन् । पेरिसिचका लागि गत सिजन एकदमै राम्रो रह्यो । पिएसभीले गरेका २६ गोलमा उनको संलग्नता रह्यो । यो खेल लगत्तै समूह ‘एल’को अर्को भिडन्तमा घाना र पानमाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहीबार बिहान ३:४५ बजे हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.