प्रगतिशिल नारा लिएर आएका सांसदका विरोधाभासपूर्ण कुरा सुन्दा छक्क छु : अर्थमन्त्री वाग्ले

प्रगतिशिल नारा लिएर आएका सांसदका विरोधाभासपूर्ण कुरा सुन्दा छक्क छु : अर्थमन्त्री वाग्ले
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रगतिशिल नारा लिएर आएका सांसदहरुको विरोधाभासपूर्ण कुरा सुन्दा आफू छक्क पर्ने गरेको बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले प्रगतिशिल नारा लिएर आएका सांसदहरुले तीन मिनेटमै विरोधाभासपूर्ण कुरा गरेको सुन्दा आफूलाई अचम्म लाग्ने गरेको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले सांसदहरुले प्रगतिशिल करहरुमा विरोध गरेको समेत बताएका छन् । उनले प्रगतिशिल कर भनेको अलिकति आम्दानी भएको र सक्नेले नसक्नेलाई दिने कर भएको बताए । अर्थमन्त्री वाग्लेले मध्ययम वर्गको उन्नयनका लागि अतिरिक्त भार नपरोस् भनेर केहि करको व्यवस्था गरिएको उनले बताएका छन् ।

उनले खर्बौ लगानी गरेर, बर्षौसम्म कर छुट गरेर विद्युत क्षेत्रलाई अहिलेको उचाइसम्म पुर्‍याइएको बताउँदै अहिले निजी क्षेत्रले विद्युत उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने अवस्था बनेको बताए । अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रलाई विद्युत बेच्न र ट्रान्समिसन लाइन विस्तारमा सहयोग पुग्ने गरी छुट दिएर अर्को उचाइमा पुर्‍याउने लक्ष्यमा रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.