रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना
गगनले रविलाई भने : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय छ
काठमाडौं : कांग्रेस सभापति गगनकुमार थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिँदै थापाले रविको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका हुन्।
उनले महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले ऐतिहासिक अवसर भएको बताए। ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ।’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ। यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।’
थापाले महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ अपेक्षा लिएका छन्। थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।’
प्रतिक्रिया दिनुहोस !