हामी सार्वजनिक परीक्षणमा छौं, महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरौं : रवि लामिछाने

हामी सार्वजनिक परीक्षणमा छौं, महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरौं : रवि लामिछाने
सुन्नुहोस्

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । महाधिवेशनअघि शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाईतर्फ लान सक्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता तथा कार्यकर्ताहरु एउटा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
सभापति लामिछानेले अहिलेसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोप्रति धन्यवाद दिदै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने धारणा राखे ।

आफ्नो जिन्दगीको अनेक भोगाई र उतारचढावका बीच पछिल्लो चार बर्षमा भएका कामहरुको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको भन्दै सभापति लामिछानेले पारदर्शी रुपमा आफूहरु आम नागरिकको सार्वजनिक परीक्षणमा रहेको बताए । उनले अहिले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्वपूर्ण रहेको समेत बताए । रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पुरा गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्ने उल्लेख गरे ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.