यसरी हुँदैछ रास्वपाको प्रथम महाधिवेशन उद्घाटन

यसरी हुँदैछ रास्वपाको प्रथम महाधिवेशन उद्घाटन

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । भरतपुरको गेष्ट हाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा जनाएको छ।  

उद्घाटन समारोहस्थललाई सभापति रवि लामिछाने र प्रधाननमनत्री तथा बरिष्ठ नेता बालेन शाहको तस्वीरसहित सजाइएको छ । रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको जनाइएको छ । 

महाधिवेशनमा ३,९१८ प्रतिनिधिसहभागी  हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य संख्या पाँच लाख पुर्‍याएको छ । ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ। 

यस्तै, ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको जनाइएको छ । प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बालेन शाह महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् । भरतपुरको गेष्ट हाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले गर्ने कार्यक्रम छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.