फ्री भ्रिसा, फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे, अध्ययन हुँदैछ : मन्त्री यादव

फ्री भ्रिसा, फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे, अध्ययन हुँदैछ : मन्त्री यादव
सुन्नुहोस्

काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् ।

उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । उनले अहिले ३० लाख भन्दा बढि नेपाली नागरिक श्रमिकका रुपमा बिभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई बैज्ञानिक रुपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री यादवले श्रम स्वीकृति बिना हजारौ घरेलु कामदारहरु बिभिन्न देशमा कार्यरत रहेको बताए । उनले उनीहरुलाई अप्ठेरो पर्दा औपचारिक रुपमा समाधान गर्न अप्ठेरो भएको देखिएकाले यसमा पनि मन्त्रालयले बिशेष ध्यान दिइरहेको जानकारी दिए । उनले कुवेतमा मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृति बिना कार्यरत रहेको अवस्था रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.