रासायनिक मल खरिद प्रक्रिया अघि बढेको छ : मन्त्री चौधरी

रासायनिक मल खरिद प्रक्रिया अघि बढेको छ : मन्त्री चौधरी
सुन्नुहोस्

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई प्राविधिक र क्षेत्रगत रूपमा समावेशी र समान बनाउनको प्रयास गरिएको बताएकी छिन् । 

बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले प्रायः सबै जिल्ला र स्थानीय तहका कार्यक्षेत्रमा समावेशी र समान बनाउने गरी बजेट विनियोजन गरिएको बताएकी हुन् । सीमित स्रोतका कारण कृषि अनुसन्धान कार्यक्रम र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमतर्फ केही कम बजेट प्रस्ताव भए पनि अपेक्षित लक्ष्य उपलब्धि हासिल गर्नेगरी कार्यक्रम क्रियाकलाप प्रस्ताव गरिएको उनले बताइन् । मन्त्री चौधरीले रासायनिक मलमाथिको पर निर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवद्र्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको बताइन् ।

उनले किसानहरुलाई आवश्यक मल खरिदको प्रक्रिया अघि बढेको र रकम अभाव भए अर्थ मन्त्रालयबाट प्राप्त हुने प्रतिवद्धता आएको जानकारी दिइन् । प्राङ्गारिक मलमा अनुदानका लागि संघमा ३५ करोड र प्रदेशमा सशर्त अनुदान ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको उनको भनाइ छ । उनले चिया निर्यातमा देखिएको अवरोध समाधानका लागि मन्त्रालयले गम्भीर पहल गरेको र कूटनीतिक छलफल सकारात्मक दिशातिर उन्मुख रहेको दावी गरिन् ।

मन्त्री चौधरीले मानव वन्यजन्तु द्वन्द्व रोकथाम, न्यूनीकरण र यसबाट पीडित समुदायलाई सक्दो छिटो राहत रकम उपलव्ध गराइरहेको बताइन् । आगामी आर्थिक वर्षका लागि छुट्टै मानव वन्यजन्तु सहअस्तित्व बजेट उपशीर्षक कायम गरी सोही दिशातर्फ लक्षित कार्यक्रमहरूको प्रवद्र्धन गरिएको उनले बताइन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.