रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइयो
काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्याइएको हो।
रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थीतिमा भोटो देखाउने प्रचलन भएकाले असार ६ गते शनिबार भोटो देखाइने तय भएको ।
पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ।
भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ।
प्रतिक्रिया दिनुहोस !