इन्टरनेटमा ठूलाको मनोमानी

इन्टरनेटमा ठूलाको मनोमानी

 काठमाडौं :  इनटरनेट व्यापारमा साना अपरेटर समस्यामा परेका छन्। ठूला अपरेटरले बजार आफ्नो नियन्त्रणमा पार्ने चलखेल गरेका कारण साना अपरेटर समस्यामा परेका हुुन्।

साना अपरेटरले भोगेका समस्या सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्म आइपुुगेका छन्। ‘इन्टरनेट खरिद प्रक्रियामा ठूला इन्टरनेट सेवा प्रदायकले सानाले सेवा विस्तार गर्न नसक्ने गरी चर्को शुुल्क लिएका छन्’, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुुल बास्कोटाले भने, ‘इन्टरनेट बिक्रीमा चर्को शुुल्क लिएर सिन्डिकेट गरिरहेका छन्।’

साना सेवा प्रदायकले चर्कोमा इन्टरनेट खरिद गरी सेवा विस्तार गर्दा त्यसको प्रत्येक्ष मारमा उपभोक्ता परेका छन्। सेवा ग्राहीलाई सहज र सस्तो दरमा इन्टरनेट प्रयोग गर्ने अवस्था सिर्जना गर्न मन्त्रालयले विशेष कदम चाल्ने मन्त्री वास्कोटाले बताए। ‘इन्टरनेट सेवा प्रदायकले सबैतिर फाइदामात्रै हेर्ने होइन’, मन्त्री बास्कोटाले भने, फाइदा सँगसँगै सेवा विस्तारमा पनि ठूला इन्टरनेट कम्पनीले सानालाई सहयोग गर्नुुपर्छ।’

मन्त्री बास्कोटका अनुुसार ठूला इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीसँग प्रतिएमबीपीएस मासिक करिब १४ डलरमा डाटा किन्छन्। ठूला सेवा प्रदायकले साना सेवा प्रदायक कम्पनीलाई प्रतिएमबीपीएस बिक्री गर्दा झन्डै ६६ प्रतिशत नाफा लिने गरेका छन्। ठूला कम्पनीले प्रतिएमबीपीएस इन्टरनेट खरिदमा १४ सय ३६ रुपैयाँ खर्च गर्दै सानालाई ४४ सय ५० रुपैयाँमा लिने गरेको पाइएको भन्दै यस वियषयमा व्यवसायीसँग छलफल गर्ने मन्त्री बास्कोटाले बताएका छन्।

साना अपरेटरले भोगेका समस्या सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्म आइपुुगेका छन्।

२०७४ जेठसम्म ठूला सेवा प्रदायकले विदेशबाट इन्टरनेट खरिद गर्दा प्रतिएमबीपीएस २२.८ डलर तिर्र्दै आएका थिए। अहिले उनीहरूले करिब १४ डलर तिर्दै आएका छन्। ‘यो बीचमा ४० प्रतिशत मूल्य घटेको छ’, मन्त्री बास्कोटाले भने, ‘व्यवसायी भने १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुुर थपियो भनि हटाइ दिन आग्रह गरिरहेका छन्।’

उनीहरूले मूल्य घटाएर ग्राहकलाई सस्तोमा इनटरनेट सेवा प्रदान गर्नुुपर्नेमा उल्टो मूल्य बढाउने भन्दै आएका छन्। एकै पटक प्रतिएमबीपीएस ४० प्रतिशतसम्म मूल्य घट्दा पनि नेपालमा भने इन्टरनेटको मूल्यमा कमी आएन। त्यसमा व्वसायीले सोच्नुुपर्ने मन्त्री बास्कोटाको भनाइ छ। इन्टरनेस सेवा प्रदायकको कम्पनीको संगठन आईसप्यानका पूर्वअध्यक्ष समेत रहेका विनय बोहोराका अनुुसार त्यसरी ४० प्रतिशत मूल्यमा घट्दा नेपालमा समेत इन्टरनेटको मूल्यमा कमी आएको छ। ‘कुुनै बेला पाँच सय १२ एमबी पीएसको एक हजार तिर्नुुपर्ने अवस्थामा परिवर्तन भएर हजार रुपैयाँमा २० एमीपीएस इन्टरनेट ग्राहकले प्रयोग गर्न थालेका छन्।’

सेवामा विस्तार र ग्राहकलाई दिइने सेवामा समेत परिवर्तन आएको छ। ग्राहकले चैबीसै घण्टा समस्या परेमा सेवा पाउने व्यवस्था भएको छ।

ठूला सेवा प्रदायकले साना सेवा प्रदायकमाथि गरेको आतंकका विषयमा बोहोराले लागत अनुुरुपमा पैसा लिइरहेको बताएका छन्। उनले विदेशबाट १४ डलरमा खरिद गरेर ल्याएको भएपनि नेपालभित्रै साना सेवा प्रदायक कम्पनीलाई इन्टरनेट दिँदा उनीसम्म पुु¥याउन बिछ्याउने फाइबरलगायतको खर्चका कारण भारिमात्रामा मूल्य बढ्न गएको बताएका छन्। उनले अहिले सरकाले बढाएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुुरले यसमा थप भार पर्ने बताए। यसका कारण इन्टरनेटको मूल्य वृद्धि हुुने र त्यसको प्रत्यक्ष असर ग्राहकमापर्ने बोहोराको भनाइ छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.