इदमा कालोपट्टी

इदमा कालोपट्टी

विराटनगर : पर्व बिदा कटौतीको विरोधमा मुस्लिम धर्मावलम्बीले हातमा कालोपट्टी बाँधेर इदउल फित्र मनाएका छन् । इदका दिन दिइँदै आएको सार्वजनिक बिदा कटौतीको विरोध गर्दै उनीहरूले मोरङको विराटनगरमा कालोपट्टी बाँधेरै नमाजसमेत पढेका छन् ।

प्रदेश नम्बर १ का मुस्लिम अगुवाले सरकारले इदको बिदा कटौती गरी धार्मिक पहिचान समाप्त गर्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मुस्लिम समुदायले इद, बकर इद, इजरत पैगम्बर मोहम्मद साहबको जन्मजयन्ती र इस्लाम नया“ वर्ष मोहरम पर्वमा बिदा दिर्नुपर्ने माग गर्दै आएका छन् । सरकारले इद, बकर इद, मोहम्मद जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो ।

मोरङ मुस्लिम समाजका अध्यक्ष साहब खहमद (गुडु)ले धर्मनिरपेक्ष मुलुकमा मुस्लिमप्रति विभेद भएको बताए । ‘हामीले यसको विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर प्रार्थना गरेका हौं’, उनले भने । सरकारले मुस्लिमकोे धर्म र पहिचान समाप्त पार्न लागेको जिकिर गर्दै उनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

मुस्लिम अगुवा जफर अहमद जमालीले भाइचारा बढाउने र विश्व शान्तिको कामना गर्ने दिनमा मुस्लिम समुदायले पहिचान स्थापित गर्न कालोपट्टी बाँध्नु दुर्भाग्य भएको बताए ।

इदउल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नमाज पढ्दा सबैले हातमा कालोपट्टी बाँधेका थिए । दिनभर एक महिनासम्म कठोर व्रत (रोजा) बसी पाँचपटक नमाज पाठ गर्ने चलन छ । शुक्रबार साँझ चन्द्रमा देखेपछि रोजा समाप्तिको खुसियालीमा उनीहरूले शनिबार इद–उल–फित्र मनाएका हुन् । यो क्रम तीन दिन जारी रहने गरेको मुस्लिम अगुवाले बताएका छन् ।

मस्जिद तथा इदगाहमा जम्मा भएर नमाज पाठ गरी बधाई, शुभकामना आदानप्रदान गरी गला मिलाएर खुसियालीसँग यो पर्व मनाइन्छ । अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभर रोजा बसेपछि यो पर्व मनाइन्छ । इदका दिन बिहान नुहाइधुवाइ गरी नयाँ कपडासहित बास्नादार अत्तर लगाएर इदको नमाज ‘अदा’ गर्न मुस्लिम धर्मावलम्बी इदगाह वा मस्जिद जान्छन् । इदगाह (खुला स्थान) वा मस्जिदमा भेला भएर समूहमा नमाज पढेपछि एकआपसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.