अविवाहित किशोरीले छोरा जन्माइन्: पाहुना जाँदा यौन हिंसा भएको आशंका

अविवाहित किशोरीले छोरा जन्माइन्: पाहुना जाँदा यौन हिंसा भएको आशंका

गगन अयडी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका ४ की एक १५ वर्षीया अविवाहित किशोरीले बच्चा (छोरा) जन्माएकी छिन्। धनगढी उपमहानगरपालिका ४ की १५ वर्षीया किशोरीले आइतबार बिहान बच्चा जन्माएर फालेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बिहानै जन्मिएको शिशुलाई प्रहरीले दिउँसो १ बजे उद्धार गरेको छ। 

छिमेकीले बच्चालाई बोरामा राखेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै वडा प्रहरी कार्यालयको टोलीले बच्चा र आमालाई उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ। 

बालकको एनआईसीयुमा उपचार भइरहेको छ भने आमालाई पनि अस्पताल भर्ना गरिएको छ। दुवैको अवस्था सामान्य छ। 

प्रहरीको प्रारम्भिक सोधपुछमा अवैध सम्बन्धबाट बच्चा जन्मिएको खुलेको छ। परिवारका सदस्यले ९ महिना अगाडि किशोरी धनगढी उपमहानगरपालिकाकै फूलबारीकी एक साथीको घरमा गएको र त्यही यौनहिंसा भएको आशंका गरेको छ। 

प्रहरीसँगको बयनामा किशोरीले फूलबारीमा साथीको घरमा जाँदा आफूलाई नसालु पदार्थ खुवाएर बेहोस बनाएको बताएकी छिन्। प्रहरी उपरीक्षक घिमिरेका अनुसार यो विषयमा थप अनुसन्धान सुरु भएको छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.