जंगलमा तास खेलिरहेका जुवाडे प्रहरीको फन्दामा

जंगलमा तास खेलिरहेका जुवाडे प्रहरीको फन्दामा

दमक : गाँउ तथा शहर बजारमा आफूलाई असुरक्षित महशुुस गर्न थालेपछि जुवाडेहरु जंगल पस्न थालेका छन् । झापाको शिवसताक्षी स्थित जंगलमा जुवा खेलिरहेका जुवाडेहरु प्रहरीको फन्दामा परेपछि यस्तो तथ्य बाहिर आएको हो । 

घरमा खेल्दा असुरक्षित हुने डरले जुवा खेल्नै भनेर जंगल छिरेका तीन जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  जुवाको खालवाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँ समेत बरामद गरेको छ । त्यस्तै जुवाको खाल नजिकै जुवाडेले पार्किङ्ग गरेका तीन थान कार र ५ थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
आइतबार साँझ नगरको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ ।

सादा पोसाकमा खटिएको प्रहरीको टोलीले जुवाको खालबाट शिवसताक्षी– ८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलवहादुर दर्नाल र अर्जुनधारा नगरपालिका– ६ का शन्तोष विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

जुवा खेलिरहेको सूचना प्रहरीलाई आएलगत्तै प्रहरीले छापा मारेको थियो । जुवाको खालमा प्रहरी पुग्ने बित्तिकै अन्य जुवाडेहरु भागेका थिए । फरार हुनेमा जिल्लाका प्रतिष्ठित व्यापारी तथा नेताहरु रहे पनि उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पार्किङमा कार भेटिनुले ठुलै ब्यक्ति जुवामा संलग्न भएको आशंका गरिएको छ । 
प्रहरीका अनुसार सताक्षीधामको पिकनिक स्पोर्ट पूर्वको सामुदायिक वनभित्रको जंगलमा यसअघि पनि पटक पटक जुवा खेल्ने गरेको प्रहरीलाई सूचना प्राप्त भए पनि जुवाडे पक्राउ गर्न सफल भएको थिएन । 

जिल्ला प्रहरी कार्यलय झापाका अनुसार जुवाको खालवाट ४ हजार २ सय ६० भारतीय, र अमेरिकन ५ डलर समेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार बरामद भएका कारमा बा १५च १९६७, बा १३च १४७५ र मे१च ४३८९ नम्बरका कार रहेका छन् । यस्तै मे८प १९१२, मे१०प ३६, मे५प ६५६३, मे३प ५७६९ र मे९प २९७२ नम्बरका मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ । उनीहरु सबैलाई इलाका प्रहरी कार्यलय झिलझिलेमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.