विश्वकप हेरेर फर्कने क्रममा  खोलाले बगाएका युवाको शव पाँच दिनपछि फेला

विश्वकप हेरेर फर्कने क्रममा  खोलाले बगाएका युवाको शव पाँच दिनपछि फेला

ताप्लेजुङ : विश्वकपको उद्घाटन खेल हेरेर फर्कदा हाङ्देवा खोलाले बगाएर बेपत्ता भएका युवाको शव सोमबार भेटिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकामतर्फ फर्किएका २६ वर्षीय सनम राईको शव हराएको स्थानबाट चार सय मिटर तल उत्तिसको रुखको फेदमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

इलाम घर भएको राई फुङलिङस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे । शव मुचुल्कापछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको सञ्चार शाखाले जानकारी दिएको छ । उनी चढेको मोटरसाइकल असार १ गते खोलामा पुरिएको अवस्थामा फेला परेको थियो । असार ३१ गते खोलामा आएको बाढीले उनलाई बगाएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.